बुटवल २३ फागुन बुटवलको सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले महिला कृषकहरूलाई सम्मान गरेको छ । राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न स्थानमा बिक्री वितरण गर्ने ४१ जना महिलाहरूलाई सम्मान गरिएको हो […]
स्वास्थ्य/शिक्षा
बुटवल २३ फागुन रुपन्देहीको तिलोत्तमामा खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको मुख्य आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा तिलोत्तमाको कोटिहवास्थित पशुपति माविको प्रांगणमा शुक्रवारदेखि खाद्य मेला सुरु भएको हो । आम उपभोक्तामा खानी बानीको सुधार तथा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाको पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]
बुटवल २३ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ । शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य […]
बुटवल २२ फागुन रुपन्देहीको सुद्धोधनमा शुक्रबारदेखि दोस्रो एमएल सप्लायर्स खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । एमएल पोखरेली ढुंगा सप्लायर्सको आयोजनामा सुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा हुने प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा सप्लायर्सका अध्यक्ष मिलन निउरेले जानकारी गराउनु भयो । सप्लायर्सले सामाजिक उत्तरदायित्व बहन गरि खेलकुदको बिकास र प्रवद्र्धनकालागि प्रतियोगिता […]
बुटवल २२ फागुन उद्योगीलाई प्रोत्साहन गर्नकालागि रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रा.ली.को सहकार्यमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रम सञ्चालनकालागि बिहिबार बुटवल उद्योग बाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघ […]
बुटवल, २१ फागुन । सहिद यादवनाथ आलोकको स्मृतिमा बिहिबार देखि रुपन्देहीको मंगलापुरमा सञ्चालन गर्न लागिएको फुुटसल प्रतियोगिता स्थगित भएको छ । नेपाल तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा गर्न लागिएको प्रतियोगिता अर्को निर्णय नहुँदा सम्मकालागि स्थगित गरिएको तरुणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिनुभयो । कोरोना संक्रमणका बिरुद्ध सचेत रहन आग्रह गर्दै सभा सम्मेलन तथा कुनैपनि […]
बुटवल २१ फागुन समाज परिवर्तन तथा देशको दीर्घकालिन विकासका लागि दीगो विकासमा आधारित पत्रकारिता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । त्यसका लागि लैंगिकता र सामाजिक समावेशीकरणका मुद्धालाई अर्थ, राजनीति, कृषि र सहकारीसंग जोड्न उनीहरुले आग्रह गरेका छन । युएनडिपी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा संचारिका समुह नेपाल प्रदेश ५ ले प्रदेशका पत्रकार महिलाका […]
बुटवल, २१ फागुन रुपन्देहीको तिलोत्तमामा शहिद यावदनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता हुँदैछ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन आहुती दिने आलोकको स्मृतीमा बिहिबारदेखि हुने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा गरिएको प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका १७ वडाका १७ टिम, तिलोत्तमा नगर समिति, बुटवल नगर समिति, […]
बुटवल २१ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीको राहतका लागि नगरपालिकाले खरको छानोमुक्त अभियान चलाउने भएको हो । नगर कार्यपालिकाको ८० औं बैठकले खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य […]
१७ नं. वडा सिमसारबाट शुन्य पोलिथिन घोषणा तिलोत्तमा, २१ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शुन्य पोलिथिन अभियान अन्तर्गत अहिले सम्म १० वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकाका १७ वटै वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत हालसम्म १० वटा वडालाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । अभियान अन्तर्गत पछिल्लो […]
Most Recent
बुटवल । आजदेखि माध्यमिक शिक्षा तथा (एसइई) परीक्षा शुरु भएको छ । आज १५ गतेदेखि देशभर शुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने राष्टृय परिक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ […]
नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उहाँले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै […]
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले नया बर्ष २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । होली पर्वको अवसरमा संघले होली मिलन शुभकामना आदान प्रदान संगै भित्ते पात्रोको बिमोचन गरेको छ । भित्ते पात्रोको संघका सल्लहाकार कृष्णप्रसाद शर्मा, अध्यक्ष गुणनिधी भन्डारी(माधव), बाणिज्य उपाध्यक्ष हरिलाल पान्डेलगायतले संयुक्तरुपमा बिमोचन गर्नुभयो । शुभकामना आदान प्रदान तथा बिमोचन कार्यक्रममा […]