Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दीप बोर्डिङद्वारा४१ महिला कृषक सम्मानित
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

दीप बोर्डिङद्वारा४१ महिला कृषक सम्मानित

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७६ · 0
दीप बोर्डिङद्वारा४१ महिला कृषक सम्मानित
50
SHARES
ShareTweet


बुटवल २३ फागुन
बुटवलको सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले महिला कृषकहरूलाई सम्मान गरेको छ ।
राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न स्थानमा बिक्री वितरण गर्ने ४१ जना महिलाहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रकमको औचित्यका बारेमा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले देशको आर्थिक समृद्धि र सारा जगतलाई जीवन दिने किसान धर्ती पुत्र भएको तथा ती कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वप्रति जागृत गराउन कृषक सम्मान कार्यक्रम गर्नु सराहनीय कार्य रहेको बताउनुभयो ।
सम्मान ग्रहण गरिसकेपछि महिला कृषकहरूले दीप बोर्डिङ हाई स्कूलले महिला कृषकहरूलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै राज्यले समेत कृषकलाई उचित सहयोग र सम्मान गर्नुपर्ने बताउनु भयो । त्यसैगरि उनीहरूले अहिलेसम्म कुनै पनि विद्यालयले कृषकहरूको सम्मान नगरेको र आफ्नै घरदैलोमा आएर निमन्त्रणा गरी दीप बोर्डिङ हाई स्कूलले सम्मान गरेकोमा खुसी व्यक्त गरका छन ।
कार्यक्रममा महिला कृषकहरूले आफूले उत्पादन गरेका साग, मूला, धनियाँ, प्याज, गोवी, अण्डा, मेथी, चनसुर, पालक, रायो लगायत विभिन्न थरिका तरकारी ल्याएर बिक्री गरेका थिए भने विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरूले उक्त तरकारी खरिद गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूकोअध्यक्षतामा भएको कार्यक्रममा, विद्यालयका उपप्राचार्यहरु ज्ञानु थापा, कलाधर अर्याल सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशीको सहभागितामा भएको कार्यक्रमको संयोजन अमर खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

≪ Previous Post

उर्जा दक्षता कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड

Next Post ≫

उबासंघद्धारा मास्क बढी मुल्यमा बिक्रि गर्नेलाई कारवाहीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क