Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उर्जा दक्षता कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उर्जा दक्षता कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७६ · 0
उर्जा दक्षता कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड
70
SHARES
ShareTweet


बुटवल २३ फागुन
उद्योग क्षेत्रमा अनावश्यक विद्युत खपतलाई कम गरी उत्पादन लागत घटाउन उर्जा विज्ञहरुले सुझाव दिएका छन् ।
उनीहरुले उर्जा दक्षता कार्यक्रम सञ्चालन भएको अवस्थामा पनि त्यसको प्रयोगमा उद्योगी व्यवसायीहरुले ध्यान नदिएकोमा चिन्ता व्यक्त गर्दै उर्जाको सहि प्रयोगमा ध्यान दिन आग्रह गरेका छन् ।
रुपन्देही उद्योग संघको पहलमा नेपाल उद्योग परिसंघ र उर्जा कार्यक्रम जर्मन सहयोगको संयुक्त आयोजनामा शुक्रवार बुटवलमा भएको विद्युतीय दक्षता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जा विज्ञहरुले सो आग्रह गरेका हुन ।
नेपालमा जर्मन सहयोगमा विगत १० बर्षदेखि उर्जा दक्षता कार्यक्रम सञ्चालनमा रहेको भएपनि त्यसको उपयोगको निकै कम भएको जनाएका थिए ।
नेपालमा औद्योगिक क्षेत्रको उत्पादनमा लागत खर्च धेरै भएका कारण विदेशी उत्पादनसंग प्रतिष्पर्धा गर्न गाहे भएको बताउदै प्रतिष्पर्धी बन्न उत्पादन लागत घटाउनु जरुरी भएको हँुदा त्यसको एउटा पक्ष विद्युत खपत कम गर्ने तर्फ सोच्न उनीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा उर्जा विज्ञ डा.संजय गोर्खालीले विद्युतको प्रयोग गर्नुमात्र ठूलो कुरा नभएको भन्दै त्यसको उचित प्रयोग महत्वपूर्ण हुने हुँदा उर्जाको सहि व्यवस्थापनमा ध्यान दिन सकेमा उत्पादन लागत निकै कम हुने बताउनु भयो ।
त्यस्तै विज्ञ खेमराज भण्डारीले विद्युत उत्पादन गर्नुभन्दा भएको विद्युतलाई सहि खपत गर्नु व्यवसायीकता भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश नंं. ५ का संयोजक एजाज आलमले उर्जा दक्षता कार्यक्रमलाई उद्योगीहरु कार्यान्वयन गर्न सकेमा आर्थिक हिसाबले पनि फाइदा रहेको भए पनि त्यसको पहुँच र कार्यान्वयनमा रहेका जटिलताका कारण त्यसलाई हटाएर उद्योगीहरुलाई लाभ दिन सक्ने गरी कार्यक्रम अगाडी बढाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले उर्जा खपत र दक्षताका बारेमा उद्योगीहरुले नै जानकारी पाउन नसकेको भन्दै यसलाई उद्योगी मैत्री र सरल बनाउन नीतिगत रुपमा नै परिवर्तन गर्न सुझाव दिनु भयो ।

≪ Previous Post

खाने बानीको सुधारका लागि खाद्य मेला शुरु

Next Post ≫

दीप बोर्डिङद्वारा४१ महिला कृषक सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क