Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकाद्वारा वजार अनुगमन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकाद्वारा वजार अनुगमन

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७६ · 0
तिलोत्तमा नगरपालिकाद्वारा वजार अनुगमन
40
SHARES
ShareTweet


बुटवल २६ फागुन
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागितामा बजार अनुगमन गरिएको हो ।
कोरोना भाइसरको कारण बजारमा देखिन सक्ने समस्या समेतलाई मध्यनजर गरी बजार अनुगमन गरिएको नगरपालिकाको भनाइ छ । तिलोत्तमा नगरमा वडा कार्यालयहरुले पनि बजार अनुगमन गर्दै आएका छन् ।
टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसललगायतमा अनुगमन गरेको थियो । मणिग्राम बजार केन्द्रीत अनुगमनका क्रममा टोलीले अखाद्य बस्तु नष्ट गराउनुको साथै सरसफाईमा विशेष ध्यान पुर्याउन होटल तथा रेष्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ ।
यस्तै अनुगमनको क्रममा पसलमा राखिएका पोलिथिनका झोला, गिलास, प्लेट, बरामद गरिनुको साथै म्याद गुज्रिएका खाद्य बस्तु समेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।
यस्तै टोलीले आफ्नो पसल, उद्योग परिसर र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो । अनुगमन टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र व्यवसाय गर्न निर्देशन दिएको छ । नगर उपप्रमुख जागेश्वरी चौधरीले बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।

≪ Previous Post

नारी दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा दन्त शिबिर

Next Post ≫

रुपन्देहीको मंगलापुरमा ६ करोड लगानीमा बोधि भिल्ला रिसोर्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क