Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको मंगलापुरमा ६ करोड लगानीमा बोधि भिल्ला रिसोर्ट
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मंगलापुरमा ६ करोड लगानीमा बोधि भिल्ला रिसोर्ट

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७६ · 0
रुपन्देहीको  मंगलापुरमा ६ करोड लगानीमा बोधि भिल्ला  रिसोर्ट
100
SHARES
ShareTweet

बुटवल २६ फागुन
६ करोड लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ ।
स्थानीय उद्योगी अनुप श्रेष्ठको लगानीमा तिलोत्तमा नगरपालिकाको मंगलापुरमा रहेको आफ्नै ३ बिगाहा जग्गामा बोधि भिल्ला रिसोर्ट सञ्चालनमा आएको हो ।
विगत ६ महिनादेखि रिसोर्टले उपलब्ध गराउने स्वाद परिक्षण गर्दै आएको रिसोर्टको भोली (मंगलबार) नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले औपचारिक उद्घाटन गर्नुहुने रिसोर्टका प्रवन्ध निर्देशक समेत रहनुभएका अनुप श्रेष्ठले जानकारी गराउनु भयो ।
रुपन्देहीका दुई प्रमुख शहर भैरहवा र बुटवललाई लक्षित गरेर जिल्लाको मध्यभाग मंगलापुरमा सञ्चालन गरिएको रिसोर्टमा ५ हजार क्षमताको वातानुकुलित ब्याङ्कट हल र रक गार्डेन रेष्टुरेन्ट रहेका छन् । रेष्टुरेन्टमा सिफूडलाई मुख्यप्राथमिकता दिईएको छ भने स्थानीय खानाका परिकारहरु पनि ग्राहकको चाहना अनुसार उपलब्ध गराईने उहाँले बताउनु भयो । त्यस्तै प्रयाप्त आफ्नै पार्किङ् स्थल समेत रहेकाले यसका उपभोक्तालाई सहज र सुविधा हुने रिसोर्टका म्यानेजर छविलाल थापाले बताउनु भयो ।
सन् २०१६ को अन्तर्राष्ट्रिय सिफूड प्रतियोगिताका विश्व विजेता यादव पराजुली रिसोर्टका मुख्य सेफ रहेकाले पनि रिसोर्टबाट पस्किने परिकार स्वादिस्ट तथा गुणस्तरीय हुने प्रवन्ध निर्देशक श्रेष्ठले बताउनु भयो ।
रिसोर्टमा खानाका स्वादिष्ट परिकारसंगै शारीरिक व्यायामकालागि खेलकुद मैदान समेत निर्माण गरिएको छ । रिसोर्टमा अतिरिक्त शुल्क नलाग्ने गरि व्याडमिन्टन कोर्ट र बास्केटवल कोर्ट निर्माण गरिएको र दिनहुँ आएर खेल्नकालागि पनि उहाँले आह्वान गर्नुभएको छ ।
रिसोर्टमा क्रमशः गेष्ट हाउस समेत सञ्चालन गर्ने तयारी रहेको बताउँदै अहिलेको योजना अनुसार रिसोर्टको पुरा स्वरुप निर्माण गर्दा २० करोड रुपैंया लगानी हुने पनि उहाँले बताउनु भयो । उद्घाटनका अवसरमा प्रालिले कोरोना विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित लाइभ म्युजिक सांस्कृतिक कार्यक्रम समेत राखेको इभेन्ट म्यानेजर आलोक भट्टराईले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकाद्वारा वजार अनुगमन

Next Post ≫

पौडी खेल्ने क्रममा वेपता रोक्काको ४ दिन पछिमात्र सव फेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क