संसार पोष्ट कावासोती, २२ साउन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ बाट प्रहरीले बुधबार जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ । ८१ हजार नगद सहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरीले नियन्त्रणमा लिएको हो । कवासोती ८ निवासी बुद्धि तामाङको घरबाट प्रहरीले जुवाको खालबाट ९ जनालाई नियन्त्रणमा लिएको हो ।