संसार पोष्ट
काठमाडौ, २२ साउन । संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन् २०१९ को डिसेम्बरभित्र भैहवा विमानस्थल संचालनमा ल्याइसक्ने दाबी गर्नुभएको छ ।
बुधबार मन्त्रालयमा गरिएको पत्रकार सम्ममेलनमा बोल्दै मन्त्री भट्टराईले अहिले भौतिक पूर्वधारको काम तिव्रताको साथ भएकाले आगामी डिसेम्बर भित्र विमानस्थल संचालनमा ल्याउने बताउनु भएको हो । गौतबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणले संचालन गर्ने वा निजी क्षेत्रलाई जिम्मा दिने भन्ने टुंगो नलागिसकेको अवस्थामा मन्त्री भट्टराईले डिसेम्मबरभित्र विमानस्थल संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरिसकेको अवस्थामा पर्यटन मन्त्री भट्टराईले त्यसअगावै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन गरिसक्ने जनाउनु भएको हो ।
पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले निगजढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास पनि सन् २०१९ भित्रै गर्ने दावि गर्नुभएको छ ।