Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आईटी पढ्ने ४९ बिद्यार्थीलाई क्यानको १ करोड ८५ लाख छात्रवृति
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आईटी पढ्ने ४९ बिद्यार्थीलाई क्यानको १ करोड ८५ लाख छात्रवृति

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0
आईटी पढ्ने ४९ बिद्यार्थीलाई क्यानको १ करोड ८५ लाख छात्रवृति
100
SHARES
ShareTweet

समृद्धि, सरस्वती, संस्कृति, शक्ति र साथी पाँच विधाका छात्रबृत्ति



संसार पोष्ट
बुटवल, २१ साउन । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ दिदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको छ ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेको क्यानले यो पटक आइटीमा विद्यार्थी आकर्षण बढाउन १ करोड ८५ लाख ३६ हजार बराबरको छात्रबृत्ति बितरण गर्न लागेको छ । क्यान फेडेरेसन प्रदेश ५ ले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी छात्रबृत्ति घोषणा गरेको हो ।
दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित गतवर्ष ३३ जनालाई छात्रवृति दिएको क्यानले यसवर्ष ४९ जनालाई छात्रवृति दिने भएको हो ।
पत्रकार सम्मेलनमा क्यानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज कुवंरल आईटीमा अध्ययन गर्ने चाहना भएका विद्यार्थीहरुलाई लक्षित गरि क्यानले छात्रवृतिको कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । उहांले लर्ड बुद्ध एजुकेशन फाउण्डेनको सहकार्यमा क्यानले सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिईने बताउनु भयो ।
कार्यक्रममा क्यानका उपाध्यक्ष रामुदेव गौतमले यसवर्ष ४९ जनालाई १ करोड ८५ लाख ३६ हजार बराबर रकमको छात्रवृति प्रदान गरिने जानकारी गराउदै प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्रालाई पूर्ण छात्रवृति र आइसिटी मेरिट स्कलर्शिप प्रत्येक तीन जनाका दरले २१ जनालाई आशिक छात्रवृति प्रदान गरिने बताउनु भयो ।
मलेशियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तरगत बिद्यार्थीहरुले बिएस्सी आईटीको अध्ययन गर्न पाउने छन् । यस्तै कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याइ सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
सो अवसरमा लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले क्यानमार्फत समृद्धि, सरस्वती, संस्कृति, शक्ति, साथी गरि पाँच प्रकारका छात्रबृत्ति दिईने बताउनु भयो । नेपाल सरकारको मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेको देशका कुनै पनि विद्यार्थीले आवेदन दिन सक्ने उहांले बताउनु भयो । साउन ३२ गते फर्म भर्ने अन्तिम दिन रहेको उहांले जानकारी दिनुभयो । गतवर्ष छात्रबृत्ति पाएका मध्ये ३३ जनाले आईटी विषय अध्ययन गरिरहेका छन् ।

≪ Previous Post

नाईस ग्रुपको लगानीमा खुल्यो हार्डवेयर्स प्रा.लि.

Next Post ≫

नेकपाको एकतालाई कुनै शक्तिले भत्काउन सक्दैन:महासचिव पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क