Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ नेकपाको एकतालाई कुनै शक्तिले भत्काउन सक्दैन:महासचिव पौडेल
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपाको एकतालाई कुनै शक्तिले भत्काउन सक्दैन:महासचिव पौडेल

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0
नेकपाको एकतालाई कुनै शक्तिले भत्काउन सक्दैन:महासचिव पौडेल
70
SHARES
ShareTweet

यमलाल भुसाल
बुटवल २१ साउन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले एमाले एमाओवादीको एकतालाई अब कुनैपनि शक्तिले भत्काउन नसक्ने बताउनु भएको छ ।
उहाँले एमाले एमाओवादीको एकता ख्याल ख्यालको एकता होईन,ख्यालख्यालमा भत्कीँदैन ।
उहाँले अहिलेको नेकपा नेतृत्वको सरकारले गरेका निर्णयमा जनस्तरबाट भएका आलोचनालाई गम्भिर रुपमा लिएका कारण गुठी विधेयक फिर्ता गरिएको समेत बताउनु भयो । उहाँले भन्नुभयो–‘गुठी विधेयक वेठिक थिएन, जनतालाई बुझाउन नसक्दा फिर्ता गर्नुपर्यो ।’
नेपाल कम्युनिष्ट पार्टी निर्वाचन क्षेत्रीय समन्वय कमिटि क्षेत्र नं. २ रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले एमाओवादी र एमाले बिचको पार्टी एकता पछि बनेको नेकपाको माक्र्सवाद, लेलिनवाद मार्गदर्शक सिद्धान्त भएको बताउनु भयो ।
अझै पनि पार्टी एकताका कतिपय कामहरु गर्न बाँकी रहेको उल्लेख गर्दै एकताका बाँकी कामलाई केही हप्ता भित्रै पुरा गर्ने महासचिव पौडेलले बताउनु भयो ।
पार्टी एकिकरण भएपछि एकतामा रहेको नेकपामा अझैपनि आयोगहरु तथा विभागहरु, प्रवास कमिटिहरु र जनवर्गीय संगठनमा एकताको काम बाँकी छन् । उहाँले पार्टी एकताका क्रममा भएका हालसम्मका सबै निर्णयहरु सहमति मै टुङ्ग्याईएकाले बाँकी काम पनि सहमतिमै हुने बताउनु भयो ।
उहाँले फरक फरक स्कुलिङ्मा रहेका दुई पार्टी एक भएकाले सहमतिमा निर्णय गर्ने कुरा पनि त्यति सजिलो नभएकाले पार्टी एकतालाई पूर्णता दिन केही समय लागेको बताउनु भयो । ‘हतार गर्ने र विमतीमा निर्णय गर्ने या बिस्तारै गरेर सहमतिमा निर्णय गर्ने ?, हामी माझ दुईवटा विकल्प छन् ।’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म भएका निर्णय सहमतिमै गरेका छौं र बाँकी काम पनि सहमतिमै गर्छौँ ।

’उहाँले नेकपाको अन्तिम गन्तव्य मुलुकमा समाजवाद नै भएको बताउनु भएको छ ।
उहाँले समाजवाद अहिल्यै भने सम्भव नभएको बताउनु भयो ।
नेकपाको सरकारले सामाजिक न्यायका आधारमा समाजवादमा पुग्नकालागि आधार तयार गर्दै गरेको बताउँदै सामन्तवादको अवशेष समाप्न पार्नुपर्ने, पुँजीवादको समुल अन्त्य गर्नुपर्ने काममा आफूहरु प्रतिवद्ध भएर लागेको बताउनु भयो । उहाँले समाजवादको मान्यता स्थापित गर्नकालागि आर्थिक समाजिक आधार तयार गरिने बताउनु भयो ।
उहाँले पार्टीले बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, शक्ति पृथकीकरण, मानव अधिकार, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत कुराहरुलाई सिद्धान्तमै उल्लेख गरिएको बताउँदै अधिकार प्राप्तीकालागि फेरी बन्दुक बोक्नुपर्ने परिस्थिती उत्पन्न हुन नदिन पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
क्षेत्रीय कमिटि ईञ्चार्ज तेजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई, केन्द्रीय सदस्य एकराज विश्वकर्मा, लिला गिरी, दधिराम न्यौपाने, बैजनाथ चौधरी,रुपनदेही जिल्ला अध्यक्ष शिवराज सुवेदी, बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, टिका वली लगायतले वोल्दै पार्टी एकताले जनतामा देखिएको हौसलालाई आत्मसाथ गर्न नेतृत्व तहलाई आह्वान समेत गर्नु भएको थियोे ।
यस अंगाडी मंगलबार बिहान बुटवल कालिका क्याम्पसको नयाँ भवन शिलान्यास गर्दै महासचिव पौडेलले कालिगण्डकीको पानी तिनाउमा डाईभर्सन गरेरै छाड्ने बताउनु भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले उक्त डाईभर्सनको बिरोध गरेका बेला उहाँलाई मनाउने जिम्मेवारी आफूले लिने बताउनु भयो ।
बुटवलको रामनगर स्थित कालिका मानव ज्ञान माध्यमिक बिद्यालय संगै करिब २० करोडको लागतमा क्याम्पसको भवन बनाउन लागिएको हो ।

≪ Previous Post

आईटी पढ्ने ४९ बिद्यार्थीलाई क्यानको १ करोड ८५ लाख छात्रवृति

Next Post ≫

पेट्रोलियम पदार्थको मूल्य समायोजन : ग्यास घट्यो, पेट्रोल बढ्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क