Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुकुम्बासी र अव्यवस्थित बसोवास समस्या दीर्घकालीन रुपमै समाधान : महासचिव पौडेल
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सुकुम्बासी र अव्यवस्थित बसोवास समस्या दीर्घकालीन रुपमै समाधान : महासचिव पौडेल

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
सुकुम्बासी र अव्यवस्थित बसोवास समस्या दीर्घकालीन रुपमै समाधान : महासचिव पौडेल
110
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनु भएको छ ।
उहांले सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या दीर्घकालीन रुपमै समाधान गर्नेगरी काम भईरहेको बताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २ को नव निर्मित वडा कार्यालय भवनको बुधबार बिहान उद्घाटन गर्दै यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थ मन्त्री समेत रहनुभएका महासचिव पौडेलले कोदाले र बिटौरी जग्गाको समस्या समाधानका लागि काम अगाडि बढिसकेको र केही समयमा नै समाधान हुने जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद तथा पूर्व नगर प्रमुख भोजप्रसाद श्रेष्ठले बुटवल उपमहानगरपालिकाले नमुना काम गरिरहेको बताउदै बुटवललाई व्यवस्थित बिकास गर्दै लैजान सके नेपालकै नमूना स्थान बन्ने उल्लेख गर्नुभयो ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलको विकासका लागि प्राथमिकताका आधारमा योजना छनौट गरिएको भन्दै सेवाग्राहीलाई पनि सहज र छरितो सेवा प्रवाह गरिएको दाबि गर्नुभयो ।
कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, वडा अध्यक्ष रमेश नेपाल, सदस्य खगिसरा गुरुङ, समाजसेबि महेश्वर प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
एक करोड ४० लाखको लागतमा निर्माण भएको वडा नम्वर दुईको वडा कार्यालय तीन तलाको छ ।


नेकपाका महासचिब पौडेलले बुधबार नै वडा नं. २ मा करिव २० लाख रुपैयाको लागतमा निर्माण गरिने जेष्ठ नागरिक मिलन केन्द्रको समेत शिलान्यास गर्नुभएको छ ।

≪ Previous Post

प्रचण्डको अभिव्यक्तिप्रति राजावादी संघसंस्थाको आपत्ति

Next Post ≫

रुपन्देहीमा महिला हिंसाका घटनामा वृद्धि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क