बुटवल, ९ कार्तिक । आज नवरात्रीको नवौं दिन महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने यो पर्व दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिनुका साथै धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा […]
प्रदेश ४
काठमाण्डौ, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ । सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका […]
कावासोती, २२ असोज । नवलपुर ट्याक्टर समिति अन्तर्गत कावासोती उपसमितिले नदी दोहनको समाचारको विषयलाई लिएर यस बिषयमा समाचार लेख्ने पत्रकारद्वय शालिकराम कोइराला र रामकुमार श्रेष्ठलाई गरेको अमर्यादित व्यवहार प्रति नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटद्वारा जारी विज्ञप्तिमा ट्याक्टर उपसमितिका पदाधिकारीहरुले समाचारको बिषयलाई लिएर […]
नवलपरासी, १९ असोज । कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरेका छन् । नेपाली काँंग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिद्वारा सोमबार कावासोतीमा आयोजित कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान (रक्तदान ) गरेका हुन् । कोराना लागेर निको भएकाले दिएको रगतबाट प्लाज्मा निकालेर जटिल लक्षणसहितका कोरोनाका बिरामीलाई बचाउन सघाउन प्लाज्मा दान गरिएको हो […]
कावासोती, १८ असोज । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । विनयी त्रिवेणी गाउँपालिका २, दुम्किबास बस्ने ३६ बर्षीय पुरुषको शनिबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएसँगै नवलपुरमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । खोकी, श्वासप्रश्वासमा समस्याका साथै कलेजोमा समस्या देखिएपछि […]
रामकुमार श्रेष्ठ नवलपरासी, १६ असोज । पूर्वी नवलपरासीमा प्रहरी प्रशासनले नदीजन्य वस्तुको दोहान नियन्त्रणका लागि प्रयास थालेसँगै नवलपुरका ट्याक्टर व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् । विहीबार मात्रै नवलपुरमा नदीजन्य वस्तु दोहन गरिरहेको अवस्थामा विनयी त्रिवेणी गाउँपालिका २ मा रहेको विनयी खोलाबाट प्रहरीले १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । यसको विरोधमा शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको […]
नवलपरासी, १६ असोज । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तुको दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा विहीबार इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर […]
कावासोती, १६ असोज । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मुण्डे स्थित भित्री सडक खण्डमा लु २ त ५४०६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दलदलेबाट धौवादीतर्फ जाँदै गरेको ट्याक्टर विहीबार दुर्घटना हुँदा देवचुली नगरपालिका ९ निवासी २८ बर्षीय किरण गुरुङको निधन […]
बुटवल, १३ असोज । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीको माग पुरा गरी जीवन सुरक्षाको ग्यारेण्टी गर्न स्वतन्त्र नागरिक समूहले नेपाल सरकारसंग माग गरेको छ । प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो पटक जुम्लाबाट स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्नु भएको छ । काठमाण्डौमा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर […]
नवलपरासी ९ असौज पूर्व पश्चिम राजमार्ग स्थित पूर्वी नवलपरासीको दाउन्ने पहाडमा पहिरोले बस पल्टदा १ जनाको मृत्यु हुनुका साथै ६ यात्रु घाईते भएकाछन् । मृत्यु हुनेमा रुकुम पश्चिम आठविसकोट १० का २५ वर्षीय हरिशचन्द्र केसी रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ । घाईते हुनेमा सल्यान श्रीनगरकी २७ वर्षीया प्रतिभा खड्का, सोही ठाउका १० वर्षीय प्रज्ञान […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]