Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डा.गोविन्द केसीका माग पूरागर्न र जीवन रक्षाको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डा.गोविन्द केसीका माग पूरागर्न र जीवन रक्षाको माग

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
डा.गोविन्द केसीका माग पूरागर्न र जीवन रक्षाको माग
80
SHARES
ShareTweet

बुटवल, १३ असोज । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीको माग पुरा गरी जीवन सुरक्षाको ग्यारेण्टी गर्न स्वतन्त्र नागरिक समूहले नेपाल सरकारसंग माग गरेको छ ।
प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो पटक जुम्लाबाट स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्नु भएको छ । काठमाण्डौमा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर हुंदै गएकाले स्वास्थ्यप्रति ख्याल गर्न र जायज माग सम्बोधनका लागि स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले विज्ञप्ती जारी सरकारसंग माग गर्नुभएको छ ।
१९ औं पटक १६ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रनिदिन कमजोर भएकाले आफ्ना नागरिकको स्वास्थ्य र नागरिकले उठाएका जायज मागहरु सम्बोधन गर्ने दायित्व सरकारको भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रा.डा.केसीले उठाएका मागहरु जनपक्षिय भएकाले छिटो भन्दा छिटो माग पुरा गरेर जनमतलाई कदर गर्न विज्ञप्तीमार्फत स्वतन्त्र नागरिक समूह नेपालले माग गरेको छ । सरकार र प्रा.डा.केसीबीच भएका सहमति तथा सम्झौताहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्नसमेत सरकारसंग माग गरिएको छ ।
प्रा.डा.केसीले उठाएका मागहरु सरकारले सम्बोधन गर्न नसके सरकारलाई हेर्ने नागरिक समाजको दृष्टिकोणमा परिवर्तन आउन सक्ने अध्यक्ष गैह्रेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रा.डा.केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको दुईसाता वितिसक्दा पनि सरकारले कूनै चासो नदिएकोप्रति स्वतन्त्र नागरिक समूह नेपालको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
संविधानले निर्देष्ट गरेको स्वास्थ्य, शिक्षा जस्ता नागरिकका आधारभूत माग प्रति सरकार मौन देखिएको र डा केसीको मानव अधिकारसमेत सरकार पक्षबाट हनन् भएको बताइएको छ ।

≪ Previous Post

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश ५ मा नयाँ नेतृत्व चयन

Next Post ≫

नौलो बहुुउद्देश्यीय सहकारीद्धारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क