Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश ५ मा नयाँ नेतृत्व चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश ५ मा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश ५ मा नयाँ नेतृत्व चयन
100
SHARES
ShareTweet

बुटवल, १३ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ मा नयाँ नेतृत्व चयन भएको छ । सोमबार बुटवलमा भएको प्रथम साधरणसभा तथा अधिवेशनबाट बाँकेका बुद्धि बहादुर विकको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।
महासंघको उपसभापतिद्वयमा विक्रम बहादुर सुनार (रुपन्देही) र गोपाल बहादुर सुनार (गुल्मी), सचिवमा डिल बहादुर सुनार (कपिलबस्तु), सहसचिवमा हरि बहादुर सुनार (रुपन्देही), कोषाध्यक्षमा सञ्जय सोनी (बाँके) र सहकोषाध्यक्षमा राजकुमार विश्वकर्मा (नवलपरासी) निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा विनोद कुमार विक, नित्यानन्द वर्मा, प्रेम कुमार स्वर्णकार, अर्जुन सुनार, मदन केसी, हिमांशु बैश्य, अमर बहादुर सुनार र टोपेन्द्र बराली निर्वाचित भएको निर्वाचन अधिकृत बाबुराम विश्वकर्माले जानकारी दिनुभयो ।
यसअघि भएको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले सुनचाँदी व्यवसायलाई राज्यले अझै पनि उपेक्षा गरेको गुनासो गरेका थिए । जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले सुनचाँदी व्यवसाय कला, सिप र सस्कृतिसँग जोडिएकाले सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहांले अहिले सरकारले उद्योग प्रवद्र्धन र विकासका कार्यक्रम ल्याएको बताउँदै सुनचाँदी व्यवसायलाई कला र सस्कृतिका आधारमा बिशिष्ट उद्योगका रुपमा स्थापित गर्नुपर्ने र नेपालमा उत्पादित गहनालाई अब अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा भएको कार्यक्रममा महासंघका सचिव सुदिप श्रेष्ठले आफूहरु व्यवसायिक हकहितका निम्ति एकजुट भएको बताउनु भयो ।
साधरणसभाका अवसरमा महासंघका केन्द्रीय सदस्य धु्रव गहतराज, सल्लाहुद्धिन जयसवाल, देवि वर्मा, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.वि. विश्वकर्मा, बर्दियाका सचिव टंक सुनार, नवलपरासी अध्यक्ष राजेन्द्र सुनार, सिद्धार्नथर सुनचाँदी व्यवसायी संघका प्रकाश विक, बुटवल सुनचाँदी व्यवसायी महिलाका अध्यक्ष कमला विक लगायतले पनि आआफ्ना भनाई राख्नु भएको थियो । महासंघ प्रदेश ५ आयोजक कमिटिका संयोजक प्रेम कुमार सेन्चुरीको अध्यक्षता तथा सचिव जोगलाल विश्वकर्माको सञ्चालनमा साधारण सभा भएको थियो ।

≪ Previous Post

नगरलाई हरियालीयुक्त बनाउन शाइन रेसुङ्गा बैंक र बुटवल उपमहानगर बीच सहकार्य

Next Post ≫

डा.गोविन्द केसीका माग पूरागर्न र जीवन रक्षाको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क