Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नगरलाई हरियालीयुक्त बनाउन शाइन रेसुङ्गा बैंक र बुटवल उपमहानगर बीच सहकार्य
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नगरलाई हरियालीयुक्त बनाउन शाइन रेसुङ्गा बैंक र बुटवल उपमहानगर बीच सहकार्य

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७७ · 0
नगरलाई हरियालीयुक्त बनाउन शाइन रेसुङ्गा बैंक र बुटवल उपमहानगर बीच सहकार्य
110
SHARES
ShareTweet

बुटवल,१२ असौज
वातावरण संरक्षण एवं हरियाली प्रवद्र्धनमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बुटवल उपमहानगरपालिकासंग सहकार्य गरेको छ । बुटवलको कालिकानगरमा पर्ने सिक्सलेन सडकको बीचको मेडियन (मुख्य डिभाइडर) र लुम्बिनी बस टर्मिनल (नयां बसपार्क) अगाडिको ट्राफिक आइल्याण्ड क्षेत्रलाई हरियालीयुक्त र आकर्षक बनाउने कार्यका लागि बैंकले उपमहानगरसंग सम्झौता गरेको छ । उपमहानगरपालिकाको डिजाइन अनुसार अनेकतामा एकरुपता ल्याउने गरी सिक्सलेनको तीनसय मिटर क्षेत्रको मेडियनमा फूल बिरुवा रोप्ने र सिंचाईका लागि पानी टंकि राखेर थोपा सिंचाई गरी हरियाली बनाउने सम्झौता भएको छ । यस्तै बसपार्कको ट्राफिक आइलेण्डलाई रेलिङले सुरक्षित गरी व्यवस्थित र आकर्षक बनाउने सम्झौता पनि भएको छ । हरियाली प्रवद्र्धन र ट्राफिक आइलेण्ड व्यवस्थित गर्न लाग्ने सम्झौता अवधिको खर्च बैंकले ब्यहोर्ने गर्ने गरी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गर्नु एको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले शाइन रेसुङ्गा बैंकको सहकार्यले बुटवलको वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नु भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका लागि उपमहानगरसंग सहकार्य गरेको बताउनु भयो । यसअघि बैंकले तिलोत्तमा नगरपालिकामा पनि हरियाली प्रवद्र्धन सिक्सलेन सडक किनारका पोलमा राख्न नगरपालिकालाई डस्टबिन दिएको थियो । यस्तै सैनामैना नगरपालिकालाई पनि डेढ सय थान डस्टबिन दिएको थियो ।

≪ Previous Post

तिलोत्तमामा निःशुल्क रेबिज खोप सप्ताह, रेबिज प्राणघातक रोग भएकाले कुकुरलाई अनिवार्य खोप लगाउन आह्वान

Next Post ≫

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश ५ मा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क