Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमामा निःशुल्क रेबिज खोप सप्ताह, रेबिज प्राणघातक रोग भएकाले कुकुरलाई अनिवार्य खोप लगाउन आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा निःशुल्क रेबिज खोप सप्ताह, रेबिज प्राणघातक रोग भएकाले कुकुरलाई अनिवार्य खोप लगाउन आह्वान

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७७ · 0
तिलोत्तमामा निःशुल्क रेबिज खोप सप्ताह, रेबिज प्राणघातक रोग भएकाले कुकुरलाई अनिवार्य खोप लगाउन आह्वान
140
SHARES
ShareTweet

तिलोत्तमा, १२ असौज
तिलोत्तमा नगरपालिकामा सोमबारबाट एक हप्ते निःशुल्क रेबिज खोप सप्ताह सुरु भएको छ । १४ औं विश्व रेबिज दिवसको अवसरमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र तिलोत्तमा नगरपालिकाको सहकार्यमा रेबिज खोप सप्ताह सञ्चालन भएको हो । हरेक वर्ष सेक्टेम्बर २८ तारिखको दिन विश्व रेबिज दिवस मनाउने गरिन्छ । यो वर्ष ‘रेबिज अन्त्यको लागि सहकार्य र खोप’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
दिवसको पहिलो दिन जानकीनगर स्थित पशु सेवा शाखामा वडा नं. १, २, ३, ४ र ५ मा पालिएका कुकुरहरुलाई रेबिज विरुद्धको खोप दिइएको छ । असोज १३ गते वडा नं. १३ र १४, असोज १४ गते वडा नं. ११ र १२, असोज १५ गते वडा नं. ६ र ८, असोज १६ गते वडा नं. ७ र ९, असोज १७ गते वडा नं. १० र १७, असोज १८ गते वडा नं. १५ र १६ को लागि खोप कार्यक्रम सञ्चालन गरिने पशु सेवा शाखाले जनाएको छ ।
नगरपालिकाले तोकिएको स्थानमा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन सबै नगरबासीलाई आग्रह गरेको छ । रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेकोले यो रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवसको अवसरमा खोप सप्ताह सञ्चालन गरिएको हो ।
खोप सुभारम्भ कार्यक्रममा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले रेबिज प्राणघातक रोग भएकोले यसबाट बच्न कुकुरधनीले आफूले पालेको कुकुरलाई अनिवार्य रेबिज विरुद्धको खोप दिनुपर्ने बताउनुभयो । यस्तै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले कुकुर पाल्नेहरु जनस्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै घरपालुवा कुकुरलाई घरभित्रैं राखिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, निर्देशनालयका प्रमुख तुलसीराम भण्डारी, डा. प्रदीप पौडेल, डा. हरि बहादुर कुँवरलगायतले कुकुर पाल्नेहरुले हरेक वर्ष अनिवार्य उनीहरुलाई खोप दिनुपर्ने बताउनुभयो ।
स्याल, बादर, ब्वासो, फ्याउरो, बिरालोलगायतका रोगी जनावरले टोकेको अवस्थामा समेत ¥यालको माध्यमबाट रेबिज सर्ने गरे पनि दक्षिण पूर्वी एशियाका मानिसहरुमा ९६ प्रतिशत रेबिज रोग कुकुरको टोकाईबाट सर्ने गरेको पाइएको तथ्यांक छ । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्छ ।
रेबिज रोगमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे–पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छन् । घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुन–पानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुको आग्रह छ ।
रेबिज विरुद्धको खोप विकास गरेका लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।

≪ Previous Post

कपिलवस्तुको ४ नम्बरमा डा.केसीको पक्षमा रिले अनशन

Next Post ≫

नगरलाई हरियालीयुक्त बनाउन शाइन रेसुङ्गा बैंक र बुटवल उपमहानगर बीच सहकार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क