Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुको ४ नम्बरमा डा.केसीको पक्षमा रिले अनशन
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुको ४ नम्बरमा डा.केसीको पक्षमा रिले अनशन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७७ · 0
कपिलवस्तुको ४ नम्बरमा डा.केसीको पक्षमा रिले अनशन
70
SHARES
ShareTweet

कपिलवस्तु १२ असौज
चिकित्सा क्षेत्रको सुधारको लागि अनशनरत डा। गोविन्द केसीको पक्षमा कपिलवस्तुको चार नम्बरमा पनि रिले अनशन सुरु भएको छ । लामो समयसम्म विभिन्न माग राखेर अनशन बस्दा पनि केसीका माग सम्बोधनमा राज्यले कुनै चासो नदेखाएकाले सरकारलाई दबाब दिन भन्दै स्थानीय युवाहरुले चार नम्बरमा पाल टाँगेर सोमबारबाट रिले अनशन सुरु गरेका हुन् ।
पछिल्लो समय १९ औँ सत्याग्रहमा रहेका डा केसी जीवन मरणको दोसाँधमा रहँदा जीवन रक्षा गर्ने सबालमा राज्यबाट कुनै चासो नभएको भन्दै उनको जीवन बचाउन पनि बाध्य भएर यो धर्ना गर्नु परेको अनशनरत युवाहरुले बताएका छन् ।
अनशनमा अहिले तरुण दल तथा नेपाल विद्यार्थी संघका नेता तथा स्थानीय युवाहरुरहेका छन् । शक्ति सिंह ठकुरी, तिलक थापा,चन्द्रकान्त पोखे्रल, दिनेश क्षेत्री,राज पौडेल, विशाल अधिकारी, निर्मल शर्मा, लगायतका युवा सहभागी रहेका छन् ।
डा केसीको माग पुरा नहुँदासम्म आफूहरु पनि भोकै बसी धर्ना दिइरहने अनशनरत युवा सरोज घिमिरेले बताए । डा गोविन्द केसीको पक्षमा रहन जोकोही पनि अनशनमा सहभागी हुन सक्ने घिमिरेको भनाई छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुरा गरी एमबिबिएस विषयको अध्यापन गरिनु पर्ने, पिसीआर परीक्षणको दायरालाई ब्यापक रुपमा बढाइनु पर्ने, २०७५ साउन १० गते सरकारसंग भएको सम्झ्यौता कार्यान्वयन गर्नु पर्ने, मुलकमा ब्याप्त बिभिन्न काण्ड तथा घुस काण्डमा संलग्नहरुको छानबिन गरी तुरुन्त कारबाही गरिनु पर्ने लगायतका केसीका माग पुरा गर्न सरकारले तत्काल कदम चाल्नु पर्ने धर्नारत युवाले बताएका छन् । कार्यक्रमको आयोजक गोविन्द केसीका समर्थकहरु भन्ने रहेको छ ।

≪ Previous Post

पाँच नम्बर प्रदेशमा २४ घण्टामा ५ महिला सहित १२ जनाको मृत्यु

Next Post ≫

तिलोत्तमामा निःशुल्क रेबिज खोप सप्ताह, रेबिज प्राणघातक रोग भएकाले कुकुरलाई अनिवार्य खोप लगाउन आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क