बुटवल १२ असौज
एकातिर कोरोनाको कहर अर्कोतिर गरिबी अशिक्षाका कारण प्रदेश नम्बर ५मा वितेको २४ घण्टामा विभिन्न घटनाबाट १२ जनाले ज्यान गुमाएका छन । प्रदेशमा विगत २४घण्टामा झुण्डिएर ४,वेवारिसे अवस्थामा सव फेलाको ४,करेन्ट लागेर २ विष सेवन र पानीमा डुवेर एक एक जनागरि १२ जनाको ज्यान गएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।रुपन्देही देवदह नगरपालिका १२ कनपरा स्थित रोहिणी खोला किनारको बगरमा नाम थर वतन नखुलेको सडेगली सकेको अवस्थामा अन्दाजी वर्ष ५५ को जस्तो देखिने महिलाको सव फेला परेको प्रहरी जनाएको छ । रुपन्देहीकै तिलोत्तमा नगरपालिका ११ भू.पु.सैनिक बस्ने बर्ष १६ की बालिकाले आफ्नै घरमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएर आत्म हत्या गरेकी छन भने बुटवल उपमहानगरपालिका ६ शान्तिनगर स्थित तिनाउ खोलाको किनारामा अंन्दाजी.६ महिनाको जस्तो देखिने नवजात शिशु(केटी) लाई प्लाष्टिकमा हालेर फालेको अबस्थामा प्रहरीले फेला परेकोजनाएको छ । त्यस्तै रुपन्देही शुद्धोधन गाउँपालिका४फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधिन घरमा सोही गाउँपालिका ३ दोगाना बस्ने बर्ष ४० को तारा सिंह थारुले प्लास्टरको काम गर्ने क्रममा नाङगो तारलाई छुदाँ करेन्ट लागि मृत्यु भएको छ । करेन्ट लागि घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँके नेपालगंज उपमहानगरपालिका १ डेन्टल हस्पिटल नजिकै बस्ने गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वैल्डिङ गर्ने क्रममा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका ५बस्ने बर्ष १९को धन ब.थारुलाई एक्कासी करेन्ट लागी मृत्यु भएको छ । करेन्ट लागि घाईते भई उपचारको लागी नर्सिङहोम नेपालगंज बाँकेमा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।कृष्णनगर नगरपालिका २ बसपार्क स्थित लक्ष्मी हार्डवयर नजिकै मानिस अन्दाजी ६५ वर्षको देखिने मधेशी समुदायको व्यक्ति मृत्य अवस्थामा फेला परेको छ ।मधेशी मुलुकको जस्तो देखिने पुरुष ब्यक्तिको सव बेबारिसे अबस्थामा फेला परेको र निज मृतक ब्यक्ति बजार एरियामा मागी खादै हिड्ने गरेको भन्ने बुझिएकोले थप अनुसन्धार्न भैरहेको प्रहरीले जनाएको छ, । त्यस्तै दाङ लमही नगरपालिका ६ छुट्कि मरहवा बस्ने बर्ष ६५ को मंगल चौधरी आफ्नै घरको पुर्वतर्फको कोठाको दलिनमा प्लाष्टिकको डोरीले घाटीमा पासो लगाई झुण्डिएर आत्म हत्या गरेका छन ।बर्दिया बढैयाताल गाउँपालिका ५ जगतिया स्थित बस्ने पञ्चराम थारुको छोरी बर्ष १३ की घर देखि १ किलोमिटर पुवमा रहेको आफ्नै माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ । प्यूठान नगरपालिका ९ जैसीधगे बस्ने राजु परियारको छोरा बर्ष १२ को बालकले आफ्नै घरको कोठाको बलोमा सलको पासो लगाई झण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ झिङ्गामारा स्थित जंगलमा रुपन्देहि सैनामैना नगरपालिका ४ बस्ने वर्ष ५७ को कृष्ण ब.थापा मृत अवस्थामा फेला परेका छन ।
रोल्पा त्रिबेणी गाउँपालिका ३ छाप बस्ने बर्ष १७ की बालिकाले आफ्नै घरको माथिल्लो तल्लाको दलिनमा सलको पासो लगाई झुण्डिएर आत्म हत्या गरेकी छन । रोल्पाकै रोल्पा नगरपालिका ३ गोठमारे बस्ने बर्ष ५८ को लालसिंह खत्रीले निपाने जंगलमा किंगभान नामक विषादी सेवन गरी आत्महत्या गरेका छन । त्यसतै गुल्मी मालिका गाउँपालिका ७ घमिर भानु पोखरा स्थितमा रहेको वडा कार्यलयमा चोरी भएको छ । कार्यालयमा लगाईएको तालाफोडी अफिस कोठामा रहेको ल्यापटप १ थान स्टिलको दराजमा राखेको नगद ं.६०हजार चोरी भएको प्रहरीले जनाएको छ । सबै घटनाको सम्बन्धमा सम्बन्धी जिल्लाको प्रहरीले थप अनुसन्धान गरिरहेको ५ नम्बर प्रहरी कार्यालय दाङकाप्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले बताउनु भयो ।
