Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाँच नम्बर प्रदेशमा २४ घण्टामा ५ महिला सहित १२ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच नम्बर प्रदेशमा २४ घण्टामा ५ महिला सहित १२ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७७ · 0
पाँच नम्बर प्रदेशमा २४ घण्टामा  ५ महिला सहित १२ जनाको मृत्यु
120
SHARES
ShareTweet

बुटवल १२ असौज
एकातिर कोरोनाको कहर अर्कोतिर गरिबी अशिक्षाका कारण प्रदेश नम्बर ५मा वितेको २४ घण्टामा विभिन्न घटनाबाट १२ जनाले ज्यान गुमाएका छन । प्रदेशमा विगत २४घण्टामा झुण्डिएर ४,वेवारिसे अवस्थामा सव फेलाको ४,करेन्ट लागेर २ विष सेवन र पानीमा डुवेर एक एक जनागरि १२ जनाको ज्यान गएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।रुपन्देही देवदह नगरपालिका १२ कनपरा स्थित रोहिणी खोला किनारको बगरमा नाम थर वतन नखुलेको सडेगली सकेको अवस्थामा अन्दाजी वर्ष ५५ को जस्तो देखिने महिलाको सव फेला परेको प्रहरी जनाएको छ । रुपन्देहीकै तिलोत्तमा नगरपालिका ११ भू.पु.सैनिक बस्ने बर्ष १६ की बालिकाले आफ्नै घरमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएर आत्म हत्या गरेकी छन भने बुटवल उपमहानगरपालिका ६ शान्तिनगर स्थित तिनाउ खोलाको किनारामा अंन्दाजी.६ महिनाको जस्तो देखिने नवजात शिशु(केटी) लाई प्लाष्टिकमा हालेर फालेको अबस्थामा प्रहरीले फेला परेकोजनाएको छ । त्यस्तै रुपन्देही शुद्धोधन गाउँपालिका४फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधिन घरमा सोही गाउँपालिका ३ दोगाना बस्ने बर्ष ४० को तारा सिंह थारुले प्लास्टरको काम गर्ने क्रममा नाङगो तारलाई छुदाँ करेन्ट लागि मृत्यु भएको छ । करेन्ट लागि घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँके नेपालगंज उपमहानगरपालिका १ डेन्टल हस्पिटल नजिकै बस्ने गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वैल्डिङ गर्ने क्रममा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका ५बस्ने बर्ष १९को धन ब.थारुलाई एक्कासी करेन्ट लागी मृत्यु भएको छ । करेन्ट लागि घाईते भई उपचारको लागी नर्सिङहोम नेपालगंज बाँकेमा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।कृष्णनगर नगरपालिका २ बसपार्क स्थित लक्ष्मी हार्डवयर नजिकै मानिस अन्दाजी ६५ वर्षको देखिने मधेशी समुदायको व्यक्ति मृत्य अवस्थामा फेला परेको छ ।मधेशी मुलुकको जस्तो देखिने पुरुष ब्यक्तिको सव बेबारिसे अबस्थामा फेला परेको र निज मृतक ब्यक्ति बजार एरियामा मागी खादै हिड्ने गरेको भन्ने बुझिएकोले थप अनुसन्धार्न भैरहेको प्रहरीले जनाएको छ, । त्यस्तै दाङ लमही नगरपालिका ६ छुट्कि मरहवा बस्ने बर्ष ६५ को मंगल चौधरी आफ्नै घरको पुर्वतर्फको कोठाको दलिनमा प्लाष्टिकको डोरीले घाटीमा पासो लगाई झुण्डिएर आत्म हत्या गरेका छन ।बर्दिया बढैयाताल गाउँपालिका ५ जगतिया स्थित बस्ने पञ्चराम थारुको छोरी बर्ष १३ की घर देखि १ किलोमिटर पुवमा रहेको आफ्नै माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ । प्यूठान नगरपालिका ९ जैसीधगे बस्ने राजु परियारको छोरा बर्ष १२ को बालकले आफ्नै घरको कोठाको बलोमा सलको पासो लगाई झण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ झिङ्गामारा स्थित जंगलमा रुपन्देहि सैनामैना नगरपालिका ४ बस्ने वर्ष ५७ को कृष्ण ब.थापा मृत अवस्थामा फेला परेका छन ।
रोल्पा त्रिबेणी गाउँपालिका ३ छाप बस्ने बर्ष १७ की बालिकाले आफ्नै घरको माथिल्लो तल्लाको दलिनमा सलको पासो लगाई झुण्डिएर आत्म हत्या गरेकी छन । रोल्पाकै रोल्पा नगरपालिका ३ गोठमारे बस्ने बर्ष ५८ को लालसिंह खत्रीले निपाने जंगलमा किंगभान नामक विषादी सेवन गरी आत्महत्या गरेका छन । त्यसतै गुल्मी मालिका गाउँपालिका ७ घमिर भानु पोखरा स्थितमा रहेको वडा कार्यलयमा चोरी भएको छ । कार्यालयमा लगाईएको तालाफोडी अफिस कोठामा रहेको ल्यापटप १ थान स्टिलको दराजमा राखेको नगद ं.६०हजार चोरी भएको प्रहरीले जनाएको छ । सबै घटनाको सम्बन्धमा सम्बन्धी जिल्लाको प्रहरीले थप अनुसन्धान गरिरहेको ५ नम्बर प्रहरी कार्यालय दाङकाप्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले बताउनु भयो ।

≪ Previous Post

रेबिज दिवसमा बुटवलमा सडक कुकुरलाई भ्याक्सिन

Next Post ≫

कपिलवस्तुको ४ नम्बरमा डा.केसीको पक्षमा रिले अनशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क