Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रेबिज दिवसमा बुटवलमा सडक कुकुरलाई भ्याक्सिन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रेबिज दिवसमा बुटवलमा सडक कुकुरलाई भ्याक्सिन

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७७ · 0
रेबिज दिवसमा बुटवलमा सडक कुकुरलाई भ्याक्सिन
60
SHARES
ShareTweet

बुटवल १२ असौज
विश्व रेबिज दिवसको अवसरमा सोमबार बुटवलका सडक कुकुरहरुलाई भ्याक्सिन लगाईएको छ । बुटवलका ४ जना युवाहरुको अगुवाईमा दिवसमा भ्याक्सिनेसन कार्यक्रम गरिएको हो । मानिसहरुलाई छाडा कुकुरहरुबाट रेबिजको सम्भावना हुने भएकाले अभियानका रुपमा अघि बढाईएको युवाहरुले बताएका छन । अल केयर नेपालमा आवद्ध युवाहरु आकास धिमाल, अस्बिन केसि, रमेश रिजाल र दिपक रिजालले लक डाउनसंगै बुटवलमा छाडा कुकुरहरुलाइ खाना खुवाउने र संरक्षणको काम अघि बढाएका हुन ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भ्याक्सिन सहयोग तथा पग्लिहवा कृषि क्याम्पसका भेटनरी सर्जन डा. गंगा यादव, डा सुदिक्षा पण्डित, भेटनरियन विद्यार्थीहरु केशव लम्साल र सन्दिप पौडेलले प्राविधिक सहयोग गरेका छन ।
रिफ्रेस क्याफे र लाईन एण्ड लेमन लन्च बारले कार्यक्रमलाई सहयोग गरेका छन । कार्यक्रम एक हप्तासम्म संचालन हुने अल केयर नेपालका दिपक रिजालले बताउनु भयो । बुटवलका मुख्य चोकहरु ट्राफिक चोक, सुख्खानगर, योगिकुटी, डिगरनगर, देविनगर लगायतका क्षेत्रमा सिभिर राखिने उहाँले बताउनु भयो । सन २०३० सम्म जिरो रेबिज लक्ष्य अनुसार नेपाल सरकारका योजनाहरु नलागेको उनले दुखेसो गरे । रेबिज लागेको कुकुरको टोकाईबाट धेरै मानिसको मृत्यु हुने गरेको भएपनि यसतर्फ स्थानिय सरकारको समेत चासो जान सकेको छैन । गएको आर्थिक वर्ष रुपन्देहीमा ७ हजार ८ सय जनालाई कुकुरले टोकेको थियो भने पछिल्लो दुई महिनामात्र १ हजार २ सय जनालाई कुकुरले टोकेको अल केयर नेपालका आकास धिमालले बताउनु भयो ।

≪ Previous Post

नेकपा रुपन्देहीद्वारा महाधिवेशन केन्द्रित कार्ययोजना तय

Next Post ≫

पाँच नम्बर प्रदेशमा २४ घण्टामा ५ महिला सहित १२ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क