Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पहिरोले बस बगाउदाँ १ को मृत्यु, ६ घाईते
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पहिरोले बस बगाउदाँ १ को मृत्यु, ६ घाईते

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७७ · 0
पहिरोले बस बगाउदाँ १ को मृत्यु, ६ घाईते
80
SHARES
ShareTweet

नवलपरासी ९ असौज

पूर्व पश्चिम राजमार्ग स्थित पूर्वी नवलपरासीको दाउन्ने पहाडमा पहिरोले बस पल्टदा १ जनाको मृत्यु हुनुका साथै ६ यात्रु घाईते भएकाछन् ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठविसकोट १० का २५ वर्षीय हरिशचन्द्र केसी रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
घाईते हुनेमा सल्यान श्रीनगरकी २७ वर्षीया प्रतिभा खड्का, सोही ठाउका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी रहेकाछन् ।

यसै गरी सिमखर्क ७ का ३५ वर्षीय लोक बहादुर बस्नेत, रुकुम मुसिकोट १ का ३० वर्षीय रमेश खड्का र बाफिकोट ४ की २७ वर्षीया शिवा पुन रहेको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर नजिक सडक माथिबाट आएको पहिरोले सडकमा रहेको बसलाई पल्टाउदै करिव ३० फिट तल झारेको थियो ।

पहिरोले झारेको बसका १८ यात्रुलाई प्रहरी र स्थानीयले उद्धार गरी घाईते ७ जनालाई उपचारार्थ भरतपुर पठाएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।

प्रहरीले घाईते ७ जनालाई एम्बुलेन्समा हालेर चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाएकोमा उपचारको क्रममा राती पौने ९ बजे घाईते केसीको मृत्यु भएको हो ।

विहिबार बेलुका पूर्वबाट पश्चिम जादै गरेको ना ५ ख ७९४० नम्वरको बस सडक माथिबाट खसेको पहिरोको चपेटामा परेर सडकबाट पल्टेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण विहान देखिनै दाउन्ने पहाडको विभिन्न ५ स्थानमा पहिरो जादा सडक संचालनमा असहजता आएको थियो ।

≪ Previous Post

नवलपुरमा ८३ जनाले जिते कोरोना

Next Post ≫

प्रदेश ५सरकारको निर्णय ःबढ्दो कोरोना संक्रमणको उपचारका लागि प्रादेशिक र बेलझुण्डी अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट जडान गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क