Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५सरकारको निर्णय ःबढ्दो कोरोना संक्रमणको उपचारका लागि प्रादेशिक र बेलझुण्डी अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट जडान गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५सरकारको निर्णय ःबढ्दो कोरोना संक्रमणको उपचारका लागि प्रादेशिक र बेलझुण्डी अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट जडान गर्ने

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७७ · 0
प्रदेश ५सरकारको निर्णय ःबढ्दो कोरोना संक्रमणको उपचारका लागि प्रादेशिक र बेलझुण्डी अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट जडान गर्ने
180
SHARES
ShareTweet

बुटवल ९ असौज
प्रदेश ५को सरकारले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी तत्काल लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल धागो कारखाना) र दाङ्ग बेलझुण्डी आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीहरुको उपचारको लागि उच्च अक्सिजन प्रवाह प्लान्ट सेवा बिस्तार गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सरकारले कोभिड बिरामीको उपचारको लागि मौजुदा भौतिक र स्वास्थ्य पूर्वाधारको क्षमताले नभ्याउने सम्भावना रहेको भन्दै ति दुई अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट सेवा बिस्तार गर्न र त्यसको आवश्यक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड–१९ को हालसम्मको अवस्थाको समिक्षा गर्नुका साथै कोरोना संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
कोरोना रोग नियन्त्रण तथा उपचार कोषमा तत्काल अर्थ विविध शीर्षकबाट १० करोड रकम उपलब्ध गराउने । सो को आवश्यक व्यवस्था नियमानुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने । नजिकिदै गरेको चाडपर्वको समयमा नेपाल –भारतबीच हुने छोटो अवधिको आवत–जावतलाई पूर्व नियन्त्रण तथा निरुत्साहित गर्ने भएको छ । कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ को उच्च संक्रमणलाई मध्यनजर गर्दै चाडपर्वको समयमा नेपाल –भारतबीच हुने छोटो अवधिको आवत–जावतलाई पूर्व नियन्त्रण तथा निरुत्साहित गर्ने निर्णय गरेको हो ।
नेपाल र भारतबीचका तोकिएका सीमानाकाबाट मात्रै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आवागमनको व्यवस्था गर्ने, हेल्थडेस्क राख्ने,यात्रुहरुको अभिलेख राख्ने र आवश्यक सचेतनाका लागि सम्बन्धित जिल्लाका डीसीसीएमसीले प्रचाररप्रसारको व्यवस्था मिलाउने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
लक्षण देखिएका शंकास्पद बिरामीको पीसीआर परिक्षणको व्यवस्था मिलाउन र जिल्ला जिल्लामा पीसीआर परिपक्षणको लागि आवश्यक सिफारिस र व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयले मातहतका स्वस्थ्य संस्थाहरुको प्रभावकारी परिचालन गर्ने ।
प्रयोगशालाबाट लक्षण देखिएका बिरामीको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउनको लागि मौजुदा प्रयोगशालालाई सुदृढ बनाउने ।
स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनको लागि सार्वजनिक र निजी संस्थाहरु, सार्वजनिक स्थल र सार्वजनिक यातायात लगायतको स्थानमा अनिवार्य मास्कको प्रयोगगर्न लगाउने ।
सम्बन्धित सेवाग्राही तथा सरोकारवालालाई सर्वसुलभ तवरले सर्जिकल मास्क उपलब्ध हुने व्यवस्था सम्बन्धित निकाय वा संस्थाले गर्ने र यसको अनुगमन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने ।
सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड लागु गर्ने ।स्वास्थ्य मापदण्ड लागु भए नभएको बिषयमा शुरुवाती प्रस्थान बिन्दु,यात्रु चढाउने र ओराल्ने बिन्दुमा प्रभावकारी अनुगमनको व्यवस्था नेपाल प्रहरीले गर्ने । कोभिड १९ को सङक्रमण उच्च हुने सम्भावना देखिएमा जुन स्थान वा क्षेत्रमा बढि प्रभाव देखिन्छ, त्यस स्थानलाई मात्र निश्चित समय सिल वा निषेधित क्षेत्रको रुपमा घोषणा गरी अन्य क्षेत्रको दैनिक जिवनलाई सहज बनाई राख्ने । शव व्यवस्थापनको लागि आवश्यक पर्ने श्रोत साधनको प्रबन्ध सम्बन्धित स्थानीय तहहरुले गर्ने र सो को लागि तत्काल गर्नुपर्ने समन्वय सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने ।
विद्यालय संचालन हुने अवस्थामा विद्यालयहरुमा रहेका क्वारेन्टीन र आईसोलेसन सेन्टरहरुलाई क्रमशः बैकल्पिक व्यवस्था गर्दै स्थानान्तरण गर्ने । आवश्यकता अनुसार शैक्षिक संस्थाहरुलाई मर्जरको नीति अवलम्बन गर्दै संक्रमण कम भएको जिल्लामा संचालन गर्न सामाजिक विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको पहिलो चक्रबाट सूरक्षीत रहेको प्रदेश ५ मा दोस्रो चक्र अनुमान गरेभन्दा छिटो सुरु भएको र दोस्रो चक्रमा रुपन्देही,बाँके लगायतका शहरी क्षेत्र प्रभावित भएको विष्लेषण गर्दै प्रदेश सरकारले दशै तिहार जस्ता चाड पर्वसँगै तेस्रो चक्र सुरु हुने र त्यसबाट ग्रामिण क्षेत्र बढी प्रभावित हुने आकलन गरेको छ । धार्मिकरसाँस्कृतिक चाडपर्व मनाउदा स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी मनाउन सम्बन्धित स्थानीयतहले जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने ।

≪ Previous Post

पहिरोले बस बगाउदाँ १ को मृत्यु, ६ घाईते

Next Post ≫

काँग्रेस नेताहरुद्वारा तिलोत्तमा र देवदहका बाढी प्रभावित क्षेत्रको अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क