Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काँग्रेस नेताहरुद्वारा तिलोत्तमा र देवदहका बाढी प्रभावित क्षेत्रको अवलोकन
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस नेताहरुद्वारा तिलोत्तमा र देवदहका बाढी प्रभावित क्षेत्रको अवलोकन

संसारपोस्ट संवाददाता · १० आश्विन २०७७ · 0
काँग्रेस नेताहरुद्वारा तिलोत्तमा र देवदहका बाढी प्रभावित क्षेत्रको अवलोकन
90
SHARES
ShareTweet

तिलोत्तमा, १० असोज । शुक्रबार राती परेको बर्षाले रुपन्देहीका विभिन्न स्थानका बस्तीहरु डुबानमा परेका छन् । बर्षा संगै आएको बाढीले जिल्लाका दर्जन बढी घरहरु बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा, बुटवल, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षती पुर्याएको छ । तिलोत्तमा नगरपालिकाको वडा नं ११ को भूपू सैनिक बस्तीमा रोहिणी नदी पसेपछि करिव ५० घर डुवानमा परेका छन् ।
यस्तै तिलोत्तमाका ८, १०, १५ तथा देवदह नगरपालिकाका ९, १० र ३ नं वडामा पनि बाढीले क्षती पुर्याएको छ ।
बाढीले क्षती पुर्याएका देवदह र तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा नेपाली काँग्रेस रुपन्देहीका नेताहरुले अवलोकन गरेका छन् । पार्टीका जिल्ला सभापति अब्दुल रज्जाक, युवा नेता तथा प्रदेशसभाका प्रत्यासी हरि न्यौपाने, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, जिल्ला सदस्य नविन आचार्यलगायत विभिन्न वडाका वडाध्यक्षहरुले बाढी ग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको हो ।
बाढी ग्रस्त क्षेत्रको अवलोकन र बाढी पीडित जनताको गुनासो सुन्दै पार्टीका नेताहरुहरुले समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिदै पीडित जनतालाई उचित राहत र बाढीले घर वगाएका र डुवानमा परेका जनतालाई पुनस्र्थापनाको ब्यवस्था गर्न सरोकारवाला निकायसंग माग गर्नु भएको छ ।
अवलोकनका क्रममा देवदह तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडा डुवानमा परेका, कतिपयका घर गोठ बाढीले वगाएको र कतिपयका पशु चौपाया गोठमै मृत्यु भएको तथा कतिपय वडामा नदी कटानको समेत समस्या रहेको पाईएको युवा नेता हरि न्यौपानेले जानकारी गराउनु भयो ।
बाढीले क्षती पुर्याएका तथा डुवानको समस्यामा परेका जनताले अवलोकनमा गएका पूर्व राज्यमन्त्री समेत रहनुभएका पार्टी सभापति रज्जाक सहितका कांग्रेस नेताहरुलाई तत्काल आफुहरुका समस्या समाधानका लागि सहयोग गर्न र सम्वन्धित निकायमा राहत र पुनस्र्थापनाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जनताको समस्या समाधानका लागि पार्टीको तर्फवाट सक्दो सहयोग गर्ने र सम्वन्धित सरोकावाला निकायमा समेत राहत र पुनस्र्थापनाका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरिएको तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले वताउनु भयो ।



≪ Previous Post

प्रदेश ५सरकारको निर्णय ःबढ्दो कोरोना संक्रमणको उपचारका लागि प्रादेशिक र बेलझुण्डी अस्पतालमा उच्च अक्सिजन प्रवाह प्लान्ट जडान गर्ने

Next Post ≫

रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क