Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला

संसारपोस्ट संवाददाता · १० आश्विन २०७७ · 0
रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
70
SHARES
ShareTweet

बुटवल, १० असोज । रोटरी क्लव अफ बुटवलले इन्ट्रयाक्ट क्लवका पदाधिकारी एवं सदस्यहरुका लागि जीवन उपयोगी सीप विकास सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।
रोटरी क्लव अफ बुटवलको १३३१ औं नियमित बैठककै क्रममा इन्ट्रयाक्ट क्लवमा आवद्ध पदाधिकारी एवं सदस्यहरुलाई प्रशिक्षण दिइएको हो । जीवनउपयोगी सीप विकाससँगै कोभिड–१९ बाट बच्ने उपायका बारेमा पनि प्रशिक्षण दिइएको थियो । कार्यशालामा रोटरी क्लवमा आवद्ध ६ वटा इन्ट्रयाक्ट क्लवहरु इन्ट्रयाक्ट क्लव अफ न्यू होराइजन, इन्ट्रयाक्ट क्लव अफ कालिका मानवज्ञान, इन्ट्रयाक्ट क्लव अफ दीप बोर्डिङ, इन्ट्रयाक्ट क्लव अफ क्यानन् र इन्ट्रयाक्ट क्लव अफ पामिर एकेडेमी तथा अन्य इन्ट्रयाक्टर क्लव सहभागी थिए ।
जीवनउपयोगी सीप विकास सम्बन्धी प्रशिक्षण दिंदै क्लवका पुर्व अध्यक्ष, आरआई डिष्ट्रिक ३२९२ जोन ६ रिजन टु का एजी एवं लुम्बिनी बाणिज्य क्याम्पसका सहप्राध्यापक राजेन्द्र लम्सालले सकारात्मक सोंच र चिन्तनका साथ अघि बढे जीवन सफल हुने बताउनुभयो । अहिले कोरोना भाइरसले निम्त्याएको महामारीका कारण मानिसमा नकारात्मक सोंचको विकास हुँदै गएको, शिक्षणसंस्था प्रभावित हुँदा विद्यार्थीहरुमा मानसिक असर परेको भन्दै उहाँले सकारात्मक सोच राख्न आग्रह गर्नुभयो ।
जीवनउपयोगी सीप विकास जस्ता कार्यक्रमले विद्यार्थीमा आन्तरिक क्षमताको विकास हुने र दैनिक जीवनयापन र काममा सकारात्मक प्रभाव पर्ने उहांले बताउनु भयो । उहांले विद्यार्थीकालदेखि नै रोटरीको सिद्धान्त स्वार्थ भन्दा माथि सेवा भन्ने भावका साथ काम गर्नका लागि यस्ता क्लवहरुले सहयोग गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका अर्का प्रशिक्षक रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष रो. डा. मनोहर जोशीले कोभिड–१९, यसले मानिसको स्वास्थ्यमा पार्ने प्रभाव, यसबाट बच्ने उपाय र पुर्व तयारीबारे जानकारी गराउनु भयो । कोरोना भाइरस कमजोर प्रकृतिको भाइरस भएकाले यसबाट आत्तिन नहुने तर सतर्कता भने अपनाउनुनैपर्ने बताउँदै उहांले सकभर बाहिर हिंडडुल नगर्न, गर्नैपरे मास्कको प्रयोग गर्न र जहाँ रहेपनि कोभिड–१९ बाट सुरक्षित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष रो. सुनिल श्रेष्ठले कोभिड–१९ का कारण यसपटक भर्चुअल रुपमै कार्यशाला आयोजना गर्नुपरेको जानकारी दिंदै आगामी दिनमा भने औपचारिकरुपमा विद्यार्थीहरुलाई सहभागी गराएर कार्यक्रम गर्ने योजना रहेको बताउनु भयो ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरु हिमाल आचार्य, शर्मिला पन्थीलगायतले यस्ता कार्यक्रमले आफूहरुको जीवनमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ बुटवलका सचिव रो. रोम शर्मा, सहसचिव रो. शिवकुमार ज्ञवाली, रोटरीयनहरु कृष्ण पराजुली, सावि बि.क.लगायतले पनि बोल्नुभएको थियो ।

≪ Previous Post

काँग्रेस नेताहरुद्वारा तिलोत्तमा र देवदहका बाढी प्रभावित क्षेत्रको अवलोकन

Next Post ≫

सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा रुपन्देहीको मणिग्राममा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क