Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा रुपन्देहीको मणिग्राममा प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा रुपन्देहीको मणिग्राममा प्रदर्शन

संसारपोस्ट संवाददाता · १० आश्विन २०७७ · 0
सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा रुपन्देहीको मणिग्राममा प्रदर्शन
80
SHARES
ShareTweet

तिलोत्तमा, १० असोज । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा आज शनिबार रुपन्देहीको तिलोत्तमामा विरोध प्रदर्शन भएको छ । डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नुपर्ने लगायतका माग गर्दै युवायुवतीहरुले बिहान ९ बजेदेखि १० बजेसम्म मणिग्राम चोकमा विरोध प्रदर्शन गरेका हुन् ।
जिल्लाका विभिन्न क्षेत्रबाट स्वतस्फुर्त रुपमा मणिग्राम चोकमा जम्मा भएका युवायुवतीहरुले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको माफियागिरी अन्त्य गर, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर लगायत डा. केसीको समर्थनमा लेखिएका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
प्लेकार्डमा सरकार आफ्नो नियत सच्याउ, डाक्टर गोबिन्द केसी को जीवन रक्षा गर, राज्य आतंक बन्द गर, केपी ओलीको मिसन–सिटामोलमा कमिसनलगायतका नाराहरु लेखिएको थियो ।
नेपाल तरुण दलका रुपन्देही जिल्ला सदस्य लक्ष्मण गौतम र युवा नेता गणेश पाठकको संयोजनमा भएको प्रदर्शनमा सहभागीहरुले आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अनसनरत डाक्टर केसीमाथि गरिएको अभद्र व्यवहारको बिरोध गरेका थिए ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा. केसीले गत भदौ २९ गतेदेखि जुम्लामा १९ औं पटक अनसन बस्नु शुरु गर्नुभएको हो । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने माग राख्नु भएको छ ।
यस्तै राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्न पनि डा. केसीले माग गर्नुभएको छ ।

≪ Previous Post

रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला

Next Post ≫

तिनाउले बगाएर एक महिला र नहरमा ड्वेर एक पुरुषको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क