Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिनाउले बगाएर एक महिला र नहरमा ड्वेर एक पुरुषको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनाउले बगाएर एक महिला र नहरमा ड्वेर एक पुरुषको मृत्यु

संसारपोस्ट संवाददाता · १० आश्विन २०७७ · 0
तिनाउले बगाएर एक महिला र नहरमा ड्वेर एक पुरुषको मृत्यु
100
SHARES
ShareTweet

बुटवल १० असौज
अबिरल बर्षासँगै तिनाउ नदीमा आएको बाढीले बगाएर बुटवलमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राई रहेकी छन् ।
शुक्रबार राति ९ बजे घरबाट हिँडेकी राईको बुटवल १५, चंकीपुर स्थित दानव नदीमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैबीच गत असोज ७ गतेदेखि बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा–२ का २९ वर्षीय राजेन्द्र पौडेल मृत अवस्थामा फेला परेका छन् ।
लु ५५ प ३०२१ नम्बर मो.सा लिई घर बाट हिडेकोमा उनको तिलोत्तमा २ स्थित तपाहा नहरमा शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।हेल्मेटसहित नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
अबिरल बर्षा को कारण जङगलबाट आएको बाढीले बुटवल उप महानगरपालिका ४ लक्ष्मिनगर बस्ने भुमिकला सुबेदिको घर अगाडि रहेको ५ बटा बाख्रा, दिपक बलामिको लु १० प ९३९ मोटरसाइकल र लु ३१ प ८७१० नम्बरको स्कुटि र इन्द्र ब कार्किको ११ ओटा कुखुरा सहितको खोर बगाएको प्रहरीले जनाएको छ ।
वर्षाले बुटवल उप महानगरपालिका १७ रानीगन्ज स्थित तिनाउ खोलाको किनारमा रहेका उमेश हरीजनको ब्लक र जस्ता ले बनाएको घर र पुरुषोत्तम पुरीको पनि सोही प्रकृतिको घर बगाएको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालीका वडा नं.११ गणेशनगर स्थित सुखैरा खोलाको पानीको बहाव बढेर धन बहादुर सार्कीको बुङगुरको खोर बगाएको, रघुबिर दमाईको र मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरीजन को एक तले खरले छाएको कच्ची घर अबिरल बर्षाका कारण भत्किन जाँदा निजकी श्रीमती बर्ष २६ कि कुसुम हरीजनलाइ दाहिने खुट्टामा चोट लाग्दा खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा रुपन्देहीको मणिग्राममा प्रदर्शन

Next Post ≫

तिलोत्तमा सहकारीले शुद्धोधनमा सेवा केन्द्र खाल्ने, साधारण सभा कात्तिक ५ गते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क