बुटवल,११ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका शँकरनगरमा रहेको तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडले शुद्धोधन गाँउपालिकाको मानपकडीमा टिएमसी क्लबको सुबिधा केन्द्र खोल्ने भएको छ । सहकारी अन्तर्गत गठन भएको सिष्टर्स सोसाइटी सुद्धोधनका अध्यक्ष प्रेम कुमारी थारुको अध्यक्षता र सहकारीका अध्यक्ष माधवलाल देवकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठले सुद्धोधन गाउँपालिका वडा नं ५ को मानपकडीमा सुविधा केन्द्र खोल्ने निर्णय गरेको हो ।
सुद्धोधनमा टिएमसीका २ सय बढी शेयर सदस्यहरु रहेकाले सेवा प्रवाहमा सहज होस भन्ने उद्देस्यले सुविधा केन्द्र खोल्न लागिएको सहकारीका सचिव पार्वती थापाले जानकारी गराउनु भयो । बैठकमा रेशम सिंह ठकुरी र बिन्दुलक्ष्मी सुबेदीले आआफ्ना धारणा राख्नु भएको थियो ।
यसैविच तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडले आगामी कात्तिक ५ गते संस्थाको २४ औं बार्षिक साधारण सभा गर्ने भएको छ । सहकारी बिभागको परिपत्र अनुरुपको मापदण्ड र प्रक्रिया अअनुसार सधारण सभाको तयारी गरिएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी गराउनु भयो । अध्यक्ष देवकोटाका अनुसार नियमनकारी निकायका प्रतिनिधिको रोहबरमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर साधारण सभा गरिने छ । कोभिड–१९ का कारण सहकारीहरुको साधारण सभा कसरी गर्ने भन्ने अन्यौल रहेका बेला सहकारी बिभागले असोज १ गते सुरक्षा मापदण्ड अपनाएर निश्चित बिधि र प्रकृया तोकेर साधारण सभा गर्न सहकारी संस्थाहरुलाई परिपत्र गरेको थियो ।
संस्थाका सल्लाहकार,लेखा सुपरिवेक्षण सहित बुधबार बसेको संचालक समितिको बैठकले सहकारी बिभागले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र परिपत्र अनुरुप साधारण सभा गर्ने निर्णय गरेको हो । सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बैठकले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ । पारित प्रतिबेदन छापेर साधारण सभा भन्दा १५ दिन अगावै शेयर सदस्यहरुलाइ बितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले साधारण सभामा शेयर सदस्यहरुको उपस्थितिकालागि यही असोज १८ गतेदेखि ३० गते सम्मको समय तोकेको छ । तिलोत्तमा–२ शँकरनगर स्थित सहकारीकै भवनमा बिहान १०ः ३० देखि दिउसो ३ः३० बजेसम्म परिचय पत्र सहित शेयर सदस्यहरुले उपस्थितिक जनाउनु पर्नेछ । संस्थाको बार्षिक प्रगति प्रतिवेदनका सम्बन्धमा सदस्यहरुका राय सुझाव तथा टिप्णीहरु भएमा कात्तिक २ गते भित्र लिखित रुपमा संस्थाको कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ । शेयर सदस्यहरुले लिखित रुपमा बुझाएका सुझावहरु साधारण सभाको दिन निर्णयार्थ पेश गरिने छ । सहकारीमा ३ हजार बढी शेयर सदस्य छन् ।