Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका बेल्वासेको संयोजकत्वमा साझा युवा संगठनको प्रदेश समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका बेल्वासेको संयोजकत्वमा साझा युवा संगठनको प्रदेश समिति गठन

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७७ · 0
रुपन्देहीका बेल्वासेको संयोजकत्वमा साझा युवा संगठनको प्रदेश समिति गठन
90
SHARES
ShareTweet

भैरहवा, ११ असोज । साझा युवा संगठनले रुपन्देहीका शिबराज बेल्बासेको संयोजकत्वमा प्रदेश समिति घोषणा गरेको छ । साझा पार्टीको साझा युवा संगठन विस्तार अभियान अन्तर्गत प्रदेश नम्बर ५ अन्तर्गत ४९ सदस्यीय साझा युवा संगठन समिति घोषणा गरिएको साझा युवा संगठनका संयोजक अब्दुश मियाँले जानकारी दिनुभयो ।
शनिबार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समितिका सदस्यहरुमा दाङका शिशिर राउत, लक्ष्मण चौधरी, सुधिर ओली, दिपेन्द्र ओली, प्रशान्त ओली, डि.एस खड्का, तुलसी चौधरी, कपिलवस्तुका अरुनबहादुर कार्की, दिपक बेल्बासे, घनश्याम घिमिरे, रुपन्देहीका रविन जोशी, सागर भुषाल, सागर पाण्डे, हिमाल क्षेत्री, अनन्त अग्रहरी, मणि भुसाल, बाबुराम क्षेत्री, शिशिर पाण्डे, रितु ज्ञवाली, पुजा पाण्डे, डिल कुमारी थारु, शोभा ज्ञवाली, निशा ज्ञवाली, पार्वता भुसाल, गुल्मीकी कल्पना भण्डारी, सरिता अर्याल, गोकर्ण नेपाली, युवराज लम्साल, सन्दिप पन्थी, सन्दिप बि.के. सुनार, अर्घाखाँचीका अशोक आचार्य, उज्वल बन्जाडे, दिनेश पाण्डे, चन्द्र रेस्मी, रिता भुसाल, आशिका अधिकारी, बाँकेका अंकित श्रीवास्तव, बसन्त पराजुली, पश्चिम नवलपरासीका सविर अलाम अन्सारी, आदित्य यादव, मनोज शर्मा, प्युठानका बिपिन गिरी, धुर्व थापा, रोल्पाका सुनिल पोख्रेल, झक्कुप्रसाद डाँगी, पूर्वी रुकुमका तुल्सीराम ओली, बर्दियाका तिर्थराज जैसी, उमेश राज थापा र पाल्पाका बाबुराम कोइराला रहेका छन् ।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आगामी निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको संयोजक मियाँले बताउनु भयो ।
संयोजक मियाँका अनुसार सबै जिल्लाका युवा प्रतिनिधिहरु समेटेर बनेको प्रदेश समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई सुदृढ बनाउने छ ।
सबै युवाहरूलाई नेतृत्व बिकास र आत्मनिर्भर बनाउनका लागि आफ्नो विशेष भूमिका रहने साझा युवा संगठन प्रदेश ५ का संयोजक शिबराज बेल्बासेले बताउनु भयो । यस अघि प्रदेश १ मा सरोज नेपालको संयोजकत्वमा ३७ सदस्यीय, गण्डकी प्रदेशमा राजन पन्थीको संयोजकत्वमा २९ सदस्यीय र सुदूरपश्चिम प्रदेशमा राहित चन्दको संयोजकत्वमा २७ सदस्यीय प्रदेश समिति घोषणा भइसकेको छ ।

≪ Previous Post

तिलोत्तमा सहकारीले शुद्धोधनमा सेवा केन्द्र खाल्ने, साधारण सभा कात्तिक ५ गते

Next Post ≫

शारिरीक अपांगता भएका १० जना उद्यमीहरुलाई सम्मान गदै कञ्चन जेसिज सप्ताह शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क