Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शारिरीक अपांगता भएका १० जना उद्यमीहरुलाई सम्मान गदै कञ्चन जेसिज सप्ताह शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शारिरीक अपांगता भएका १० जना उद्यमीहरुलाई सम्मान गदै कञ्चन जेसिज सप्ताह शुरु

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७७ · 0
शारिरीक अपांगता भएका १० जना उद्यमीहरुलाई सम्मान गदै कञ्चन जेसिज सप्ताह शुरु
120
SHARES
ShareTweet

बुटवल ११ असौज
रुपन्देहीको कञ्चन जेसिज बर्ष २०२०को आयोजनामा शारिरीक रुपमा अपांगता भएका उद्यमशिल ब्यक्तिहरुलाई सम्मान गर्दै जेसिज सप्ताह शुरु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यदि मनमा केही गर्ने इच्छाशक्ती भएमा कुनै पनि शारिरीक अपांगताले जिवनलाई सार्थक बनाउन असम्भव नरहेको बताउनु भएको छ ।
शारिरीक रुपमा अपांग भएर पनि गाउ गाउमा तरकारी र फलफुलको ब्यापार गरी आफ्नो ब्यवसायिक जिवन संचालन गर्दै आउनु भएका टोपलाल भट्टराईको दम्पत्तीको मेहनत र लगनशिलताबाट बास्तविक जिवन जिउन कुनै गाह्रो नहुने रहेछ भन्ने पाठ सिकाएको बताउदै अध्यक्ष क्षेत्रीले बिभिन्न कारणले अपांगता भएकाहरुले अरु कसैको आस र भरमा नभई आफ्नो सिप र क्षमताले जिवनलाई कलात्मक बनाउनु पर्ने प्रेरणा पुर्ण बहादुर बि.क. जस्ता उद्यमीहरुवाट सिक्न सकिने बताउनु भएको छ ।
कञ्चन गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादरु लामिछानेले कञ्चन जेसिजले समाजमा देखिएको बिकृति बिसंगती बिरुद्ध युवाहरुलाई एकबद्ध बनाई समाजप्रति उत्तरदायी बनाउनमा महत्वपुर्ण सहजिकरण गर्नु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष लामिछानेले कञ्चनका केही युवाहरु कुलतमा फसिरहेको र जसले गर्दा युवाहरुमा समाजप्रतिको उत्तरदायित्वमा कुनै ध्यान नगएको अवस्थामा जेसिज जस्ता संस्थाहरुले युवाहरुको मनैबाट कुलत भन्ने शब्दलाई न्युनिकरण गर्न लक्षित कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भएको छ।
कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले १८ देखि ४० बर्ष मुनिका युवाहरुलाई सक्षम र रचनात्मक नेतृत्वको बिकास गरी समाजप्रतिको जिम्मेवारी बहन गराउने असल र सक्षम युवाहरुको उत्पादनका लागि सैनामैना जेसिजको मातृत्वमा सन २०१८मा कञ्चन जेसिज स्थापना गरिएको बताउनु भएको छ ।
यसैगरी सैनामैना जेसिज बर्ष २०१८का अध्यक्ष बर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षका उम्मेद्ववार बिमल ज्ञवालीले कञ्चनका युवाहरु पनि जेसिजको मुल मर्मलाई अझ उच्च बनाउन सक्ने क्षमता राख्न सक्छन र कञ्चनका युवाहरुलाई असल र सभ्य अनि सक्षम नेतृत्व दिन सक्ने उद्यमशिलताको बिकास गर्न सके सुन्दर कञ्चनको सपना साकार हुने बताउनु भयो ।
सम्मानितहरुको तर्फवाट शारिरीक अपांगता भएका उद्यमी तथा शारिरीक अपांगता समन्वय समिती,कञ्चनका संयोजक टोपलाल भट्टराईले कञ्चन जेसिजले गरेको सम्मानले अझ थप उर्जा मिलेको र जिवीको पार्जनका लागि मात्र होइन ब्यबसायिककरणका लागि केही गर्नु पर्छ भन्ने उत्साह थपिदिएको बताउनु भयो ।
कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलले जेसिज केही गर्नु पर्छ भन्ने युवाहरुका लागि उर्जाको श्रोत भएको संस्था भएकोले कञ्चनका हरेक युवाहरु जेसिजमा आवद्ध भई आफुलाई असल र सभ्य नागरिक भई सक्षम नेतृत्वको बिकास गर्न आग्रह गर्नु भएको छ ।
कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता,महासचिव चित्र तुलाचनको संचालन र कार्यकारी उपाध्यक्ष मोहराज शर्माको स्वागतमा सम्पन्न भएको सम्मान कार्यक्रम तथा जेसिज सप्ताह उद्धघाटन कार्यक्रममा उपाध्यक्ष सुमन सुवेदीले आस्था पाठ गर्नु भएको थियो भने जेसिजको मिसन भिजनबारे कोषाध्यक्ष सूर्य ढकालले बताउनु भएको थियो । हरैया माध्यमिक विद्यालयमा भएको कार्यक्रममा शारिरीक अपांगता भएका १० जना उद्यमीहरुलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

रुपन्देहीका बेल्वासेको संयोजकत्वमा साझा युवा संगठनको प्रदेश समिति गठन

Next Post ≫

बर्षा वाट प्रभावित उद्योगको अवलोकन ,राहत प्याकेज घोषणा गर्र्न आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क