Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बर्षा वाट प्रभावित उद्योगको अवलोकन ,राहत प्याकेज घोषणा गर्र्न आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बर्षा वाट प्रभावित उद्योगको अवलोकन ,राहत प्याकेज घोषणा गर्र्न आग्रह

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७७ · 0
बर्षा वाट प्रभावित उद्योगको अवलोकन ,राहत प्याकेज घोषणा गर्र्न आग्रह
100
SHARES
ShareTweet

बुटवल ११ असौज
केही दिन देखीको अविरल बर्षाले रुपन्देही जिल्लाका विभिन्न स्थानमा संचालित उद्योगहरु क्षति ग्रस्त भएका छन् । बर्षाका कारण उद्योगहरुले खेप्नु परेको क्षती बारे अध्ययन गर्न र उद्योगहरुको स्थलगत निरिक्षण गर्न रुपन्देही उद्योग संघको पदाधिकारी टोलीले आईतवार सेमलारमा र तिलोतमा नगरपालिकाका केही उद्योगको निरिक्षण गरेको हो ।
टोलीले सेमलारमा अवस्थित घिमिरे फर्निचर उद्योग र तिलोतमा नगरपालिका मणिग्राम स्थित ४ नम्वरमा संचालित कुमार फर्निचर उद्योगको निरिक्षण गरेको हो । संघका कार्यवाहक अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको संघको पदाधिकारी टोलीले प्रभावित उद्योग र उद्योगीहरु संग भेट गरी वर्षाले उद्योगमा पुर्याएको क्षति सम्वन्धमा छलफल समेत गरेको थियो । निरिक्षणका क्रममा अध्यक्ष पौडेलले खराव मौषमको प्रभावमा परि क्षति व्यर्होनु परेका उद्योगहरुको समस्या प्रति रुपन्देही उद्योग संघ चिन्तित रहेको र उद्योगहरुलाई उचित क्ष्तिपूर्ति र राहातका लागी सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउने प्रतिवद्ध्ता समेत व्यक्त गर्नभएको थियो ।
अवलोकनका क्रममा उद्योगमा पुगेको टोलीले उद्योगको अवस्था, पछिल्लो समयमा कोरोनाले पारेको प्रभाव तथा उद्योग उत्पादन र त्यसको बजार लगायतका विषयमा समेत जानकारी लिएको थियो ।
त्यस अवसरमा उद्योग सञ्चालनका क्रममा नीतिगत तथा व्यवहारिक रुपमा भोग्नु परेको समस्याका बारेमा संघमा लिखित जानकारी गराउन समेत आग्रह गर्नु भयो ।
अनुगमनका क्रममा घिमिरे फर्निचर उद्योगका प्रवन्धक निराजन तिवारीले अविरल बर्षा र डुवानले उद्योगका मेशीनरी सामान र मोटरहरु क्षती ग्रस्त हुन गई लाखौको क्षती भएको बताउनु भयो ।
अर्का उद्योगी राजकुमार थापाले औद्योगिक क्षेत्रको विस्तार र स्थापना नहुदा अव्यवस्थित ढंगबाट उद्योग चलाउनु पर्ने बाध्यताका कारण उद्योगहरुले हरेक वर्ष यस्तो खालको समस्या सहन गर्न परिरहेको वताउदै यस तर्फ सम्वन्धित निकायहरुले समयमै ध्यान दिन आग्रह गर्नु भएको थियो ।
संघको टोलीमा संघका द्वितिय उपाध्यक्ष कृष्ण पराजुली, महासचिव जीवकान्त काफ्ले, कोषाध्यक्ष हरीबहादुर खत्री, महिला सचिव माया खनाल, सहकोषाध्यक्ष गिरीराज गैरे राजु,कार्यसमित सदस्य लालहरी पाण्डे तथा संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीको सहभागिता रहेको थियो ।
संघले जिल्लामा रहेका उद्योगहरुको स्थलगत भ्रमण गरी त्यहाँका समस्या तथा अवस्थाहरुको जानकारी लिंदै त्यसमा संघले निभाउने भूमिकाका बारेमा योजना बनाउने लक्ष्य सहित भ्रमण गरिएको संघका महासचिव जिवकान्त काफ्लेले बताउनु भयो ।

≪ Previous Post

शारिरीक अपांगता भएका १० जना उद्यमीहरुलाई सम्मान गदै कञ्चन जेसिज सप्ताह शुरु

Next Post ≫

१८ महिलालाई अगरवत्ती तालिम प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क