Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0
नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने
70
SHARES
ShareTweet

काठमाण्डौ, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ ।
सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले दशैं भत्ता फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । पार्टी सभापति देउवाले दिएको निर्देशनबमोजिम काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी आजै सबै सांसदहरुलाई दशैं भत्ता फिर्ताका लागि आजै पत्राचार गरिने समेत प्रमुख सचेतक खाँणले बताउनु भयो ।
प्रमुख सचेतक खाँणले कोरोना महामारीको यस्तो सँकटका अवस्थामा कोरोना सँक्रमितलाई अस्पताल नआउन भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको टिप्पणि गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गनुभयो । उहांले कोरोना सँक्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहिलो दायित्व र कर्तव्य सरकारको भएकाले सरकार आफ्नो दायित्व र कर्तब्यबाट पन्छिन नमिल्ने पनि बताउनु भयो ।
सचेतक खाँणले दर्शै भत्ता वापतको रकम फिर्ता सम्वन्धमा संघीय संसद सचिवालयका महासचिवलाई पत्राचार गर्दै सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र नेपाली काँग्रेस केन्द्रिय कार्यालयलाई बोधार्थ पठाउनु भएको छ ।

≪ Previous Post

काँग्रेस क्षेत्रिय प्रतिनिधि गौतमलाई विद्यावारिधिको उपाधि

Next Post ≫

व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क