Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काँग्रेस क्षेत्रिय प्रतिनिधि गौतमलाई विद्यावारिधिको उपाधि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस क्षेत्रिय प्रतिनिधि गौतमलाई विद्यावारिधिको उपाधि

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0
काँग्रेस क्षेत्रिय प्रतिनिधि गौतमलाई विद्यावारिधिको उपाधि
60
SHARES
ShareTweet

बुटवल, ३ कार्तिक । विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा आवद्ध नेपाली काँग्रेस बुटवल १२ का क्षेत्रिय प्रतिनिधि ताराप्रसाद गौतमले बिद्यावारिधि प्राप्त गर्नुभएको छ । गौतमलाई भारतको मेवार विश्व बिद्यालय राजस्थानले विद्यावारिधिको उपाधि प्रदान गरेको हो । गौतमले मानव संसाधन ब्यवस्थापन र नेपाली उत्पादन क्षेत्रका विशेष सन्दर्भका साथै संगठनको प्रदर्शन विषयमा विद्यावारिधि गर्नु भएको हो ।
२०३० साल जेष्ठ महिनाको २० गते जन्मिनु भएका गौतमले बुटवल नयाँगाउँ माविमा कक्षा ८ सम्म अध्ययन गरी २०४७ सालमा बुटवल माविबाट एसएलसी उत्तिर्ण गर्नुभएको थियो ।
सानै उमेरदेखि लगनशिल गौतम एसएलसी लुम्विनी वाणिज्य क्याम्पसमा अध्ययनसंगै विद्यार्थी राजनीतिमा क्रियाशिल हुदै नेपाल विद्यार्थी संघको क्याम्पस इकाई सभापति बन्नु भयो । हाल बुटवल १२ मा नेपाली काँग्रेसको बुथ सभापति रहनुभएका गौतम विभिन्न शैक्षिक संस्थामा महत्वपुर्ण जिम्मेवारी समेत सम्हाल्नु भएको छ ।
नयाँगाउँ स्थित मायादेबी टेक्निकल कलेजमा एकेडेमिक डाइरेक्टर रहनु भएका गौतममा लुम्बिनी भिजन कलेजको पूर्व प्रधानध्यापक, तिलोत्मा सेकेन्डरी स्कूलको कार्यकारी निर्देशक, अन्नपूर्ण मन्टेश्वरीको अध्यक्ष, नयाँगाउँ मावि व्यवस्थापन समिति सदस्य तथा लेखा समिति संयोजक, नयाँगाउँ खानेपानी तथा उपभोक्ता समितिको सस्थापक लेखासमिति सदस्य तथा चारपाला सामुदायिक बनको लेखा समिती सदस्य भएर महत्वपुर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । हाल कामाख्या इन्भेष्टमेन्टका अध्यक्ष, नेपाल फिलोसोफिकल रिसर्च सेन्टरकाु कार्यकारी निर्देशक रोटरी कल्ब रुद्रमति काठमाडौका कोषाध्यक्ष तथा फ्रेन्कलिन सोलुसन काठमाडौको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहनुभएको छ ।

≪ Previous Post

रुपन्देही उद्योग संघको स्थापन दिवश र साधारणसभा एकै दिन

Next Post ≫

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क