Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0
व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ
90
SHARES
ShareTweet

बुटवल ३ कार्तिक
व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लव संचालनमा ल्याईएकोे छ ।
यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले सम्युक्त रुपमा खस्यौली स्नोकर क्लवको शुभारम्भ गर्नु भएको हो ।
युवा युवतीलाई कुलतवाट जोगाउन र व्यवसायीक स्नोकर खेलाडी उत्पादन गर्ने सोचका साथ क्लव संचालनमा ल्याएको अध्यक्ष सुजन पुनले बताउनु भयो । क्लवमा विद्यालय तथा कलेजको ड्रेसमा आउने विद्याथीलाई र लागूऔषध प्रयोग कर्तालाई प्रवेशमा रोक लगाउन जिल्ला स्नोकर संघका उपाध्यक्ष बविन थापाले आग्रह गर्नु भयो ।

त्यस्तै स्नोकर खेललाई व्यवसायीक बनाउन र यस खेलवाट नेपालको नाम परिचित गराउनका लागि प्रहरी प्रशासनले हेर्ने द्धष्टिकोणमा अझै परिवर्तन जरुरी रहेको पनि सो अवसरमा वोल्नेहरुले औल्याउनु भएको थियो ।
पुन सहित, गणेश घिमिरे, रमेश न्यौपाने, प्रदिप बिक, सुनिल क्षेत्री र ईसारअहमद खाँनको कुल १ करोडको लागतमा बुटवलको सिंह कम्पेलसको चौथो तलामा संचालनमा ल्याईएको क्लवले यस क्षेत्रमै पहिलो र नमूना योग्य कोर्ट बनाएको कार्यक्रममा वोल्नेहरुले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह, कोषाध्यक्ष विमल राज भट्रराई, स्नोकर संघ नेपालका केन्द्रिय सदस्य हरि क्षेत्री, टेवलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष जय प्रकाश भट्रराई, विद्यार्थी नेता तथा सामाजिक अभियान्ता मुक्तिराज पौडेल लगायतले वोल्दै टिन र खरको छानावाट शुरु भएको स्नोकर खेल अहिले वातानुकुलित रुपमा सुविधासम्पन्न भवनमा संचालन हुनुले यस खेलमा थप आकर्षण बढेको पुष्ठि भएको धारणा राख्नु भएको थियो ।
६ वटा कोर्ट सहित संचालनमा आएको खस्यौली स्नोकर क्लव यस क्षेत्रको २९ औ स्नोकर क्लवका रुपमा संचालनमा आएको हो ।

≪ Previous Post

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

Next Post ≫

सामाजिक छवि कायम राख्न योजनाबद्ध काम गर्न रोटरीलाई सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क