Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सामाजिक छवि कायम राख्न योजनाबद्ध काम गर्न रोटरीलाई सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक छवि कायम राख्न योजनाबद्ध काम गर्न रोटरीलाई सुझाव

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0
सामाजिक छवि कायम राख्न योजनाबद्ध काम गर्न रोटरीलाई सुझाव
90
SHARES
ShareTweet

बुटवल, ३ कात्तिक ।
रोटरीको सामाजिक छवि कायम राख्न योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिइएको छ । रोटरी क्लवहरुले योजना बनाएर काम गर्न सके समाजप्रतिको प्रतिष्ठा बढ्ने धारणा पनि व्यक्त गरिएको छ ।
पव्लिक इमेज रिजन फाईभको आयोजना र रोटरी क्लव अफ बुटवलको संयोजनमा सोमबार भएको रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटान पब्लिक इमेज कमिटी रिजन फाईभको भेटघाट कार्यक्रममा बोल्ने व्यक्तिहरुले यस्तो धारणा औंल्याएका हुन् । कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका गभर्नर राजीव पोखरेलले जवसम्म पव्लिक इमेजको लागि योजना अनुसार काम हुँदैन, तवसम्म काम गरेको अर्थ नहुने बताए ।
“जुन डिष्ट्रिकबाट पव्लिक इमेज कमिटीले जे जे काम दिएको छ, त्यो पूरा गर्ने दायित्व र कर्तव्य रोटरी क्लवहरुको हो, यसका लागि योजना बनाएर काम गर्नु जरुरी छ”–उनले भने । डिष्ट्रिक गभर्नर पोखरेलले डिष्ट्रिकको वेबसाईटसँग हरेक क्लवको वेबसाईट जोड्न आग्रह गरे । “डिष्ट्रिकको वेबसाईटसँग हरेक क्लवहरुको वेबसाईटलाई जोड्न सकियो भने पव्लिक इमेज कायम गर्न महत्वपूर्ण सहयोग पुग्छ ।” रोटरीको गुणगान गाएर मात्र नहुने भन्दै उनले पव्लिक इमेज कायम गर्न काम देखाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर इलेक्ट रो. सन्तोष रिजालले जनताको विश्वास जित्ने गरी काम गर्न र परियोजनाहरु सफल रुपमा कार्यान्वयन गर्न आग्रह गरे ।
आरआइ डिष्ट्रिक ३२९२ का एजी रो. राजेन्द्र लम्सालले रोटरीले अगाडि बढाएका परियोजनाहरु सफल भए रोटरीको इमेज माथि उठ्ने भन्दै शंकरनगर वनवाटिकामा बाल उद्यान, टोय रेल सञ्चालन, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याव, लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जस्ता परियोजना रोटरीले सफल बनाएको बताए ।
उनले ठूलो परियोजनाहरु ल्याउन सके नागरिकको विश्वास जित्न सकिने भन्दै यसतर्फ ध्यान दिन र पैसाको चिन्ता नलिन रोटरी क्लवहरुलाई आग्रह समेत गरे ।
डिष्ट्रिक पव्लिक इमेज कमिटीका चेअर रवि बरालले रोटरीले अगाडि बढाउने परियोजनाहरु सफल रुपमा सम्पन्न भएमात्रै जनताको मन जित्न सकिने बताए । रिजनल पव्लिक इमेज कमिटीका चेअर डा. नारायण पन्थले रोटरीले गर्दै आएका कामले पव्लिक इमेज बढ्दै गएको र आगामी दिनमा यसलाई अझ फराकिलो बनाउनुपर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा पुर्व एजी तथा रिजनल चेअर रो. एजाज आलम, रोटरी क्लव अफ तिनाउ बुटवलकी अध्यक्ष ज्ञानधरा काफ्ले लगायतले सफल परियोजनाहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका अध्यक्ष एवं रोटरी क्लव अफ बुटवलका अध्यक्ष रो. सुनिल श्रेष्ठले क्लवले यो वर्ष चारवटा महत्वपूर्ण परियोजना अगाडि बढाएको जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा इ–लर्निङ एण्ड साइन्स थिएटर र मोवाइल ब्लड कलेक्सन भ्यान जस्ता परियोजना क्लवले अगाडि बढाएको श्रेष्ठले बताए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक अफिसियलहरु,. रिजन ५ का अध्यक्ष , सचिव तथा क्लब पब्लिक इमेज चेयरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पब्लिक इमेज विकाससम्बन्धी कार्ययोजना प्रस्तुत गरिएका थिए ।

≪ Previous Post

व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ

Next Post ≫

कोरोना परिक्षण र उपचारवाट सरकारले हात झिक्नु नागरिकप्रति गैरजिम्मेवार :रुपन्देही व्यापार संघ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क