Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना परिक्षण र उपचारवाट सरकारले हात झिक्नु नागरिकप्रति गैरजिम्मेवार :रुपन्देही व्यापार संघ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना परिक्षण र उपचारवाट सरकारले हात झिक्नु नागरिकप्रति गैरजिम्मेवार :रुपन्देही व्यापार संघ

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0
कोरोना परिक्षण र उपचारवाट सरकारले हात झिक्नु नागरिकप्रति गैरजिम्मेवार :रुपन्देही व्यापार संघ
120
SHARES
ShareTweet

बुटवल ३ कार्तिक
रुपन्देही व्यापार संघले कोरोना भाइरस संक्रमितको परिक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हट्ने भनि गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमवार संघका अध्यक्ष यमलाल लोहनीले जारी गरेको विज्ञप्तिमा सरकारले जनताको जिवन रक्षामा ध्यान केन्द्रीत गरी जिम्मेवार बन्नु पर्ने अवस्थामा ठिक उल्टो हात उठाएर परिक्षण र उपचारमा संलग्न नहुने घोषणा गर्न पुगेको घटनालाई सरकारको नागरिकप्रति गैर जिम्मेवार बनेको जनाएको छ ।
संघले यो नीतिले कोरोनाको परिक्षण र उपचारमा प्रभाव पर्ने एवं कोरोनाले भयावह निम्त्याउने उल्लेख गर्दै सरकारलाई आफ्नो यो निर्णय तत्काल फिर्ता गरी आम नेपालीको निःशुल्क परिक्षण र उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ ।
विज्ञप्तिमा सरकारको पछिल्लो निर्णय कानून र सर्वोच्च अदालतको आदेश विपरीतसमेत रहेको उल्लेख गर्दै कोरोनाको महामारीका बेला जनताको उपचारमा पर्याप्त ध्यान दिन नसक्ने सरकारले सांसदहरुलाई दशै भत्ता र अन्य सुविधा दिने काम गरेकोमा आपत्ति प्रकट गरिएको छ ।
संघले विज्ञप्तिमार्फत उद्योगी व्यवसायीहरुबाट उठाएको राजश्वलाई राष्ट्र र जनताको हितमा लगानी गर्नुपर्ने अवस्थामा व्यक्तिगत लाभमा बाडफाड गर्ने जुन काम भएको छ त्यो तत्काल बन्द गरी दशैभत्ता खारेज गर्न समेत माग गरिएको छ ।
संघले सम्पूर्ण तहका सांसद, स्थानीय जनप्रतिनिधिले महामारीको अवधिमा तलव भत्ता नलिने घोषणा गर्न तथा स्वास्थ्य र सुरक्षावाहेकका कर्मचारीको काम घटेको अवस्थामा हाल खाइपाइ आएको तलव भत्ता कटौती गरी सर्वसाधारणको उपचारमा खर्च गर्न पनि आग्रह गरेको छ ।

≪ Previous Post

सामाजिक छवि कायम राख्न योजनाबद्ध काम गर्न रोटरीलाई सुझाव

Next Post ≫

पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क