तिलोत्तमा, २ मंसिर । कालापानी र लिपुलेकमाथि भारतले गरेको अतिक्रमणविरुद्ध महाकाली–मेची यात्रामा हिंडेका तीनजना साईकल यात्री सोमबार रुपन्देही आइपुगेका छन् । भैरहवा मेडिकल कलेजमा अध्ययनरत तीनजना युवा सोमबार दाङ हुँदै रुपन्देही आइपुगेका हुन् । रुपन्देहीमा साईकल यात्रीहरुलाई नमस्ते नेपाल एकेडेमी शंकरनगरले स्वागत गरेको एकेडेमीका अध्यक्ष अर्जुन खरेलले बताउनु भयो । महाकालीका २४ वर्षिय प्रजन्न घिमिरे, […]