Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं : पर्यटन मन्त्री
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं : पर्यटन मन्त्री

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०७६ · 0
नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं : पर्यटन मन्त्री
120
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, ३० कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने दावी गर्नुभएको छ ।
अहिले नेपालमा हरेक बर्ष सरदर १२ लाख पर्यटक भित्रिएको बताउँदै मन्त्री भट्टराईले नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने दावी गर्नुभएको हो ।
शनिबार नवलपरासीको कावासोतीमा कावासोती नगरपालिका र तराई भूुपरिधि कार्यक्रमको सहयोगमा निर्मित मुसहर सुरक्षित आवास तथा होम स्टे उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । उहांले नेपाल भ्रमण बर्षलाई लक्षित गरी नेपालमा सञ्चालित होम स्टेहरुले विदेशी पर्यटकलाई पनि रोक्न सक्ने खाले होम स्टेलाई स्तर वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।
होम स्टे सञ्चालकहरुले होम स्टेको नाममा बाहिरबाट आयात गरिएका सामग्रीहरु राख्ने गरेको र त्यस्तो गर्दा होम स्टे प्रतिको आकर्षण घट्ने गरेको बताउँदै मन्त्री भट्टराईले भन्नुभयो – “होम स्टे स्थानीय स्तरमा उत्पादित वस्तु, स्थानीय स्तरमा उत्पादिन खाद्य, स्थानीय स्तरमा उत्पादित पेय पदार्थहरु नै पाहुनालाई दिनु पर्दछ । त्यसले हाम्रो मौलिकता बढाउँछ । स्थानीय आम्दानीलाई बढाउँदछ ।”
कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद रोशनबहादुर गाहा, कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मन्त्री भट्टराईले गौतमबुद्ध विमान स्थल सन् २०२० मा अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा सञ्चालन हुने भएकोले गौतमबुद्ध विमान स्थल अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा सञ्चालनमा आएपछि यस क्षेत्रमा विदेशी पर्यटकहरु बढ्ने बताउनुभयो ।

≪ Previous Post

उत्पादनमा आधारित प्रोत्साहनमा सरकारको लगानीः मन्त्री पौडेल

Next Post ≫

लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क