Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु

संसारपोस्ट संवाददाता · १ मंसिर २०७६ · 0
लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु
50
SHARES
ShareTweet

राजनीतिक दलको क्याडर बनेकाहरुले पत्रकारिताको कुरा गर्न नसुहाउने ठहर


लुम्बिनी १ मंसिर
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आइतबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु भएको छ । संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार भन्ने नाराका साथ सुरु भएको महोत्सवमा मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेश पछाईले बताउनु भयो । मंसिर ३ गते सम्म चल्ने न्यूज फेस्टिबलको आइतबार दिउँसो ३ बजे प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले बताउनु भयो ।
उदघाटन अघि आईतवार विहानभएको ‘पत्रकारिता ः चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नु पर्ने बाध्यता रहेको बताए । उनीहरुले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको बताएका छन् ।

अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानको लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सीलमा उजुरी आएको बताउनु भयो । उहाँले पत्रकारिता हतारमा गर्न नहुने बताउनु भयो । हुबहु÷कपिपेष्ट पत्रकारिताले सञ्चार क्षेत्रका मुख्य समस्या हुन्, खोजमूलक पत्रकारिताको आवश्यकता छ, उहााको कथन थियो ।
वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताउनु भयो । उहाँले पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या आएको बताउनु भयो । खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराहरु सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने बताउनु भयो । उहाँले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी सरकारलाई प्रश्न गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, परम्परागतथ मिडियाको शैलीका कारण रेडियोका श्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा

लागेकाले पत्रकारितामा चुनौती बढ्ेको छ ।
पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरु दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दावी गर्नु भयो । उहाँले राजनीतिक दलको क्याडर बनेकाहरुले पत्रकारिताको कुरा गर्न सुहाउँदैन भन्दै पत्रकारको संख्या बढे पनि उनीहरुको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताउनु भयो ।
वरिष्ठ पत्रकार मोहन मैनाली पत्रकारिताको लागि आवश्यक कुराहरुको बारेमा जानकारी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए । कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारीले विचारबाट प्रभावित भएर समाचार बनाउन नहुनेमा जोड दिनु भयो ।
नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताउनु भयो । उहाँले कतिपय अवस्थामा आयोजकले केही कार्यक्रममा एउटै समुहलाई बोलाउने र त्यो कार्यक्रममा गएका पत्रकारले सबै सञ्चारमाध्यममा एउटै समाचार पठाउने गर्नाले कपि पेष्ट जस्तो देखिएको बताउनु भयो ।

≪ Previous Post

नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं : पर्यटन मन्त्री

Next Post ≫

कमजोर राज्यले बलियो नागरिक तयार गर्न सक्दैन् : मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क