Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ कमजोर राज्यले बलियो नागरिक तयार गर्न सक्दैन् : मुख्यमन्त्री पोखरेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कमजोर राज्यले बलियो नागरिक तयार गर्न सक्दैन् : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १ मंसिर २०७६ · 0
कमजोर राज्यले बलियो नागरिक तयार गर्न सक्दैन् : मुख्यमन्त्री पोखरेल
100
SHARES
ShareTweet

लुम्बिनी १ मंसिर
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राज्यलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ । उहाँले कमजोर राज्यले बलिया र सक्षम नागरिक तयार गर्न नसक्ने बताउनु भयो ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीको आयोजनामा आइतबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको तीन दिने लुम्बिनी न्यूज फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै समयमा लोकतन्त्रको स्थापनाको लागि राज्यलाई कमजोर बनाउन अभियानमा लागिए पनि अब लोकतन्त्र प्राप्त भइसकेकोले राज्यलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने बताउनु भयो । नागरिक सबल र सक्षम हुनैपर्छ, जबसम्म राष्ट्र कमजोर रहन्छ, नागरिकहरु कमजोर रहन्छन्, राज्यलाई बलियो बनाउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुन्छ, उहााको कथन थियोे ।
उहाँले समाजमा एक प्रकारले निराशा र आलोचनाका कुराहरु बढो सहज ढंगले विक्री भइरहेको समेत बताउनु भयो । उहाँले नकारात्मक चेतनाले समाजलाई अगाडी बढाउन नसक्ने दावी पनि गर्नु भयो । मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यम मानव जगतको महत्वपूर्ण पक्ष भएको बताउदै उहाँले पवित्र भुमि लुम्बिनीमा आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण भएको धारणा राखनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको अबको मिसन भनेको शान्ति र समृद्धि भएको बताउनु भयो । क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, उपाध्यक्ष नरेश के.सी.को स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले न्यूज फेस्टिबलको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा देशभरीबाट ३ सय पत्रकारहरुको सहभागिता रहेको फेस्टिबलका सूचना तथा सञ्चार उपसमिति संयोजक रबिन्द्र प्रताप गुप्ताले बताउनु भयो ।

≪ Previous Post

लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु

Next Post ≫

‘बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुलाई घरका साना तिना कुरा सुनाउदा तनाव’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क