सानातिना समस्या नसुनाउन सरोकारवालाहरुको सुझाव
बुटवल, २ मंसिर । रोजगारीका क्रममा बिदेशमा रहेका ब्यक्तिहरुलाई घरका साना तिना घटनाहरु सुनाउदा उनीहरुमा थप तनाव सिर्जना हुने सरोकारवालाहरुले बताएका छन् ।
बैदेशिक रोजगार बिभाग, इ.पी.एस. शाखाको आयोजना र नेपाल कोरिया रिटर्नीहरुको संस्था अंकुर नेपालको सह आयोजनमा आइतबार बुटवलमा आयोजित रोजगारका लागि कोरिया गएकाहरुको परिवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

बिदेशमा काम गर्दा आइपर्ने बिभिन्न किसिमका समस्याहरुका कारण तनाबमा रहेका ब्यक्तिहरुलाई आफ्नो घरमा भएका साना तिना घटनाहरु पनि सुनाउदा थप तनाब उत्पन्न हुने भन्दै उनीहरुले नसुनाई नहुने घटनाहरु मत्र सुनाउन परिवारलाई सुझाव दिएका छन् ।
बैदेशिक रोजगार बिभाग, इ पी एस शाखाका निर्देशक कृष्णप्रसाद खनालले स्वागत गर्नुभएको कार्यक्रममा बैदेशिक रोजगार बिभागका महानिर्देशक भिष्म कुमार भुसालले ‘बैदेशिक रोजगार, सरकारको नीति तथा इ पी एस परिचय’ बिषयमा प्रस्तुति करण गर्नुभएको थियो भने कोरिया स्थित नेपाली दुताबासका पूर्ब श्रम सहचारी अनिल कुमार गुरुङले ‘कोरियामा रहेका नेपालीहरुका आफन्तहरुले बुझ्नुपर्ने कुराहरु’ बिषयमा प्रस्तुति गर्नुभएको अंकुर नेपालका सूर्य न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तैगरी अंकुर नेपालका अध्यक्ष लाल प्रसाद भट्टराईले ‘कोरियालि कम्पनीहरुमा काम र कामदारहरुको अवस्था’ र लुम्बिनी बौद्ध विस्व विद्यालय केन्द्रीय क्याम्पसका प्रमुख फणिन्द्र कुमार न्यौपानेले ‘बैदेशिक रोजगारमा गएका युवाहरुमा मानसिक स्वास्थ्य जोखिम न्यूनिकरण’ बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अंकुर नेपालका सचिब प्रकाश सुबेदीले गर्नुभएको थयो ।
इ पी एस प्रणाली मार्फत सन् २००८ देखि हाल सम्म ५५ हजार नेपाली युवा कोरिया पुगेका र ३५ देखि ४० हजार नियमित रुपमा कोरियामै रहेको इ पी एस शाखाका निर्देशक कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।


