Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नयाँ कर नीति अब्यवहारिक भएको उद्योगी व्यबसायीको गुनासो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नयाँ कर नीति अब्यवहारिक भएको उद्योगी व्यबसायीको गुनासो

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
नयाँ कर नीति अब्यवहारिक भएको उद्योगी व्यबसायीको गुनासो
80
SHARES
ShareTweet

बुटवल २ मंसिर
उद्योगी व्यबसायीले सरकारले ल्याएको नयाँ कर नीति उद्योगी व्यबसायीको पक्षमा नभएको बताएका थिए ।
उद्योगी व्यबसायीले एकद्वार नीति अवलम्बन गर्न आग्रह गर्दै पाईलैपिच्छे कर असुली गर्ने पद्धती गलत भएको भन्दै सुधारका लागि सरकारसंग आग्रह गरेका थिए ।
बुटवल उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवलमा कर सचेतना तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यबसायीले जताततै कर आतक भएको गुनासो गरेका छन ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवालीले करका नीतिगत समस्या समाधानकालागि तयार रहेको बताउँदै व्यबसाय मैत्री कर प्रशासनकालागि आफू प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले लिएको कर नीतिले उद्योगी व्यबसायी मारमा परेको औंल्याउँदै सुधारकालागि करको एकद्वार प्रणाली लागु गर्न सुझाव दिनुभयो ।
अध्यक्ष हमालले लागु भएको ढुवानीमा अनलाईन ट्रयाकिङ् प्रणाली र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका कारण व्यबसायी आफ्नो व्यबसायबाट पलायन हुने स्थिती सिर्जना भएको औंल्याउँदै त्यसमा पुनःबिचार गर्न आग्रह गर्नुभयो ।
कर सप्ताह २०७६ को अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवल आईतबार देखि साप्ताहिक कार्यक्रम गर्दै आएको छ ।
त्यसै अवसरमा सोमबार बुटवल उद्योग बाणिज्य संघसंग संयुक्त कार्यक्रम गरि उद्योगी व्यबसायीलाई कर सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत मञ्जु पोखरेलले कर प्रशासनका प्रकृया, त्यसको समस्या समाधान तथा ढुवानीमा अनलाईन ट्रयाकिङ् प्रणाली तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रकृयाका बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै बुटवल उद्योग बाणिज्य संघका राजश्व परामर्श दाता नेत्रप्रसाद ज्ञवालीले कर प्रशासन प्रणाली र यसमा देखिएका समस्याका बारेमा जानकारी गराउँदै सुधारका उपायहरु औंल्याउनु भएको थियो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, उपाध्यक्ष हरिप्रसाद अर्याल, सदस्यहरु शुक्रप्रसाद बस्याल, संजय कलवार, प्रकाश श्रेष्ठ, प्रतिक पोखरेल, महिला उद्यमी नमकला वेल्वासे, संघका प्लाष्टिक बस्तुगत समितिका सभापति राजेश भट्टराई, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम हेँजु लगायतले व्यबसायीक समस्या राख्दै समाधानको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । उहाँहरुले व्यबसायीले तिरेको अग्रिम करमा नपुग भएमा जरिवाना गर्ने र बढी भएमा व्यबसायीलाई बढी पैसाको कुनै रेस्पोन्स नहुने गरेको बताउँदै नपुग भएको रकममा जरिवाना लिएजस्तै बढी भएको पैसामा पनि व्याज उपलब्ध गराउन माग गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संघका सचिव कमलप्रसाद पौडेलले गर्नुभएको थियो ।

≪ Previous Post

‘बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुलाई घरका साना तिना कुरा सुनाउदा तनाव’

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा डा.राजेन्द्र नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क