Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उत्पादनमा आधारित प्रोत्साहनमा सरकारको लगानीः मन्त्री पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उत्पादनमा आधारित प्रोत्साहनमा सरकारको लगानीः मन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०७६ · 0
उत्पादनमा आधारित प्रोत्साहनमा सरकारको लगानीः मन्त्री पौडेल
70
SHARES
ShareTweet


बुटवल, ३० कात्तिक ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयले गत आर्थिक बर्ष २०७५÷७६ मा गरेका कार्यक्रमहरुको प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षता तथा मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस बर्ष देखि प्रदेश सरकारले उत्पादनमा आधारित प्रोत्सहन अनुदानमा दिन लागेको जानकारी दिनुभयो । समिक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री पौडेलले सबैको साथ र सहयोग बाट मात्रै कृषिमा समृद्धि हासिल गर्न सक्ने भन्दै अव किसानले उत्पादन गरेको उत्पादित बस्तुमा सरकारले प्रोत्साहन अनुदान प्रदान गर्ने गरी अनुदानको मापदण्ड परिर्वतन गरिएको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो–‘यस बर्ष देखि हामी उत्पादनमा आधारित प्रोत्सहानमा मात्रै विशेष जोड दिने छौ, किसानले के कती उत्पादन गर्यो, विक्रि गर्यो भन्ने आधारमा सहकारी, समुह मार्फत रेकर्ड लिएर अगाडी बढ्ने छौ । ’
प्राविधिक धारको कृषि तथा पशुपालन अध्यायपन गर्ने विद्यालय र मौरी, पुष्प व्यवसायीहरुको सहभागीता रहेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेशमा मौरीको स्रोत केन्द्र निर्माणको लागि मौरी व्ययवसायी समुह सहितको किसानहरुको साझा सहकारी वा समुह बनाएर सोही अनुसारको लगानी प्रदेश सकारले पनि गर्ने जानकारी दिनभयो ।
अव किसानलाई प्रदान गर्ने तालिम हरु ८० प्रतिशत व्यवहारिक र २० प्रतिशत मात्रै शैद्धान्तीक हुने गरी तालिम प्रदान गर्ने जानकारी दिनुभयो । किसानहरुलाई तालिम जे विषय हो त्यहि नै तालिम प्रदान गर्ने भन्दै मन्त्री पौडेलले जुन विषयको तालिम हो खेतमा, खोरमा वा बारी जे जहा हो त्यहि नै हुने बताउनुभएको थियो ।
मन्त्रालयले यस बर्ष देखि सरकारी अनुदानको शुलभ दरको कर्जा प्रदान गर्ने गरी शुलभ कर्जा सहजीकरण गर्ने गरी सहजकीकरणको काम गर्न लागेको जानकारी दिनुभयो । किसानहरुको गुनासोको आधारमा सहज रुपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रदान गर्नको लागि कर्जा सहजीकरण गर्ने कार्यक्रम नै यस बर्ष मन्त्रालयले राखेको जानकारी दिनुभयो ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले प्राविधिक धारको विद्यालयलेहरुले शैद्धान्तीक ज्ञान संगै उद्यमशिलता विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राविधिको अभावको कारण किसानहरुले उत्पादन वृद्धि गर्न सकिने भन्ने कुरा लाई निरुत्साहित गर्न प्राविधि धारका विद्यालयमा उत्पादन भएका दक्ष प्राविधिक जनशक्ति प्रयोग गर्न आग्रह गर्नुभयो ।
दिगो आर्थिक बिकासको लागि कृषिको विकास अनिवार्य रहेको मन्दै सचिव सुवेदीले सोही अनुसारको कार्ययोजना बनाएर मन्त्रालय लागिपरेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले अनुदान दिएको कृषक, समुह, संघ सस्था तथा विद्यालयहरुले सहि रुपमा सदुपयोग गर्नु आवश्यक रहेको भन्दै सरकारी स्तरबाट सञ्चालन रहेको प्राविधिक धारको कृषि, पशु विज्ञान अध्यापन गराउने विद्यालयहरुमा उद्यमशिलता विकासको लागि सोही अनुसारको सहयोग गरिएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पुष्प व्यवसायी किसान तथा समुह सहकारी, प्राविधिक धारको शिक्षा प्रदान गर्दैै आएका विद्यालय तथा उच्च माविहरुका प्रधानाध्यापक, कार्यक्रम संयोजक तथा प्रमुखहरुले मन्त्रालयबाट प्रदान गरिएको अनुदानको विषयमा आ आफुले गरेको कार्य प्रगतिको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश नम्बर ६(कर्णली प्रदेश)को नमुना प्राविधिक विद्यालय जन ज्वोति माविका प्रधानाध्यापक नारायण सिग्देलले उत्प्रेरणामुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अर्थ विज्ञ भिमनाथ शर्माको स्वागत तथा कृषि अर्थ विज्ञ योजना तथा अनुगमन महाशाखा प्रमुख युवराज ढकालको सञ्चालनमा भएको गियो । कार्यक्रमको सहजीकरण कृषि विकास निर्देशनालयका बाली विकास अधिकृत सुनिना बरायीले गर्नुभएको थियो ।

≪ Previous Post

मिलिजुलीले गर्यो अनाथलाई सहयोग

Next Post ≫

नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं : पर्यटन मन्त्री

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क