Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मिलिजुलीले गर्यो अनाथलाई सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मिलिजुलीले गर्यो अनाथलाई सहयोग

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०७६ · 0
मिलिजुलीले गर्यो अनाथलाई सहयोग
40
SHARES
ShareTweet

बुटवल, ३०कार्तिक

मिलिजुली युवा क्लव तिलोत्तमा ३ ले देउसी भैलोबाट संकलन भएको सहयोगबाट अनाथहरुलाई खाद्यान्य सहयोग गरेको छ । युवाहरुको सक्रीयतामा संचालन भएको भैलोबाट संकलित रकमले नेपाल अपाङग आश्रम देविनगरमा रहेका अनाथहरुलाई एक महिनाका लागि पुग्ने खाद्यन्य सहयोग गरेको हो । चार बोरा चामल, एक क्युन्टल आलु, सावुन, सरफ, तेललगाएतका सामाग्री हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष नारायण परियारले अनाथ र असायहरुलाई एक महिना भएपनि खान सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए । उनले देउसी भैलोमा मनोरन्जनसँगै संकलन भएको रकमले समाजिक काम गर्दा सन्तुष्टी समेत मिल्ने गरेको बताए ।

समाजिक क्षेत्रमा केही काम गर्नुपर्छ भन्ने उद्देश्यले नै सहयोग गरिएको क्लवका उपाध्यक्ष तथा देउसी भैलोका संयोजक बरदान आचार्यले बताए । खाद्यान्य ग्रहण गर्दै आश्रमका अध्यक्ष डोरमणी रामदामले युवाहरु यसरी समाजिक सेवामा लाग्नु सकारात्मक पक्ष भएको बताएका थिए ।

क्लवका अध्यक्ष परियारको अध्यक्षता सचिव सुरज क्षेत्रीको संचालनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा दिपेन्द्र मगर , रोष्नी ज्ञवाली, ववी सुनार, विचय क्षत्री, गोकुल शाहीलगाएतले बोलेका थिए ।

≪ Previous Post

बदलिदो सहकारीको नवौ साधारण सभा ,उत्पादन क्षेत्रमा लगानी बढाउन सुझाव

Next Post ≫

उत्पादनमा आधारित प्रोत्साहनमा सरकारको लगानीः मन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क