Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बदलिदो सहकारीको नवौ साधारण सभा ,उत्पादन क्षेत्रमा लगानी बढाउन सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बदलिदो सहकारीको नवौ साधारण सभा ,उत्पादन क्षेत्रमा लगानी बढाउन सुझाव

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०७६ · 0
बदलिदो सहकारीको नवौ साधारण सभा ,उत्पादन क्षेत्रमा लगानी बढाउन  सुझाव
110
SHARES
ShareTweet

श्यामलाल पोखरेल

बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा सञ्चालित बदलिदो बचत तथा ऋण सहकारीले आफ्नो नवौ वार्षिक साधारण सभा गरेको छ ।

वार्षिक कार्यक्रम अन्तर्गत सहकारीले शनिबार विशेष कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।

साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीले आर्थिक अवस्थामा परिवर्तन ल्यान सक्ने भएकाले सबैलाई सहकारीमा आवद्व गराउनु पर्ने बताए ।

सहकारीले हरेक मानिलाई आत्मर्निभर गराएकाले पनि सहकारी आन्दोलनलाई गाउंतहसम्म पुराउन आवश्यक रहेको बताए ।

अर्थतन्त्रको तीन मध्ये एक खम्बा मानिएको सहकारीलाई बचत तथा ऋणमा मात्रै सिमित नराखी व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनीहरुको भनाइछ ।

केहि बर्षयता गाउँदेखि सहरसम्म सहकारीहरु खुल्नेक्रम बढेको र यसले बचत गर्ने बानीको विकाससँगै केही आर्थिक क्षेत्रमा सुधार आएकाले अब सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिए ।

साधारण सभामा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष कृष्ण न्यौपानेले

बैंक पुग्न नसकेको अवस्थामा सहकारीहरु पुगेर नागरिकको आर्थिक जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सहकारीको भूमिका बढेको बताए ।

उनले सहकारीमार्फत सामूहिक र उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सकिने बताईन ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रकाश गैरेले नियम पूर्वक सहकारी सञ्चालन भएको बताउंदै सहकारीप्रति बढी चासो राख्न शेयर सदस्यहरुलाई आग्रह गरे ।

अध्यक्ष गैरेले वर्तमान नियम कानुनको पालना गरेर सहकारी सञ्चालन गरिएको र सहकारीलाई अझै व्यवस्थित बनाइने प्रतिवद्वता जनाए ।

बुटवल उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र रहेको सहकारीको साधारण सभाले अध्यक्ष प्रकाश गैरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र खड्काको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक हरि घिमिरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा सहकारीका सल्लाहाकार सहकारीका संस्थापक अध्यक्ष पदमराज गाहा, निवर्तमान अध्यक्ष प्रतापकुमार नेपाल, नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिर्घबहादुर केसी कुमार, बचत सहकारी संघ प्रदेश नम्बर पांचका सचिव बसन्त ढकाल, सहकारीका संस्थापक सचिव पृथ्वी फौजदार लगायतले बोल्दै सहकारीले गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनीहरुले सहकारी बिना अब कूनै पनि मानिसको आर्थिक सम्वृद्वि सम्भव नभएकाले सहकारी अभियानलाई अगाडी बढाउनुको विकल्प नभएको बताए । सहकारीका अध्यक्ष प्रकाश गैरेको अध्यक्षता, उपाध्यक्ष नरबहादुर रजालीको स्वागत र सचिव बसन्ती न्यौपानेको सञ्चालनमा साधारण सभा भएको थियो ।

बचत तथा ऋण सहकारमा ४ सय २५ जना आवद्वता छन् ।

≪ Previous Post

मानव बेचबिखन बेरोजगारी समस्यासंग जोडिएको छ’:न्यूनिकरणकालागि मुलुक भित्रै प्रयाप्त रोजगारी सिर्जना हुनुपर्छ

Next Post ≫

मिलिजुलीले गर्यो अनाथलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क