Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मानव बेचबिखन बेरोजगारी समस्यासंग जोडिएको छ’:न्यूनिकरणकालागि मुलुक भित्रै प्रयाप्त रोजगारी सिर्जना हुनुपर्छ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव बेचबिखन बेरोजगारी समस्यासंग जोडिएको छ’:न्यूनिकरणकालागि मुलुक भित्रै प्रयाप्त रोजगारी सिर्जना हुनुपर्छ

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०७६ · 0
मानव बेचबिखन बेरोजगारी समस्यासंग जोडिएको छ’:न्यूनिकरणकालागि मुलुक भित्रै प्रयाप्त रोजगारी सिर्जना हुनुपर्छ
120
SHARES
ShareTweet

बुटवल, ३० कात्तिक
मानव बेचबिखनमा परेका पिडित महिलाको उद्धार राहतकालागि नीजि क्षेत्रको सहकार्यमा जोड दिईएको छ । पिडितको उद्धार र राहतकालागि नीजि क्षेत्रको सहकार्य भएमा समस्यालाई सहज व्यबस्थापन गर्न सकिने शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा सहभागिले जोड दिएका थिए ।
राष्ट्रिय व्यबसायिक पहल र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा शनिबार बुटवलमा आयोजना गरिएको ‘मानव बेचबिखन बिरुद्ध नीजि क्षेत्र’ विषयक कार्यक्रममा वैदेशिक रोजगारी मानव बेचबिखनको प्रमुख समस्या रहेको बताएका थिए । वैदेशिक रोजगारी एउटा अवसर मात्रै नभएर त्यसले मानव बेचबिखन तथा मुलुक भित्र कामदारको ठूलो अभाव सिर्जना गराएको बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले बताउनु भयो ।
मानव बेचबिखन बिरुद्धको पुण्य काममा नीजि क्षेत्रबाट ठूलो साथ रह सहयोग गर्नकालागि आफूहरु तयार रहेको र यसलाई अझै फराकिलो बनाउन बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद ओझाले बताउनु भयो ।
नेपालमा जिम्मेवार व्यबसाय प्रवद्र्धनकालागि द्वन्द्वको समयमा सन २००३ मा २० वटा संघसंस्था तथा ३५ कम्पनीहरुको सञ्जालका रुपमा ‘राष्ट्रिय व्यबसायिक पहल’ गठन गरिएको थियो । युएसएआईडी र युकेएआईडीको आर्थिक सहयोगमा विनरक ईन्टरनेशनल मार्फत पञ्चवर्षिय परियोजना सञ्चालनमा छ । जस अन्तरगत प्रदेश नं. ३, ५ र ७ का १० जिल्लामा ‘मानव बेचबिखन बिरुद्ध नीजि क्षेत्र’ परियोजना सञ्चालनमा रहेको राष्ट्रिय व्यबसायिक पहलका उपाध्यक्ष कुशकुमार जोशीले बताउनु भयो ।
यो परियोजनाको व्यवसाय समाज, उपभोक्ता र राज्यप्रति जिम्मेवार बनाउने मुख्य उद्देश्य हो । ‘यसको मुख्य उद्देश्य उपभोक्ता सन्तुष्ट हुनुपर्यो, राज्यलाई कर तिर्नुपर्यो र सामाजिक उत्तरदायित्व बहन गर्नुपर्यो भन्ने हो ।’ उपाध्यक्ष जोशीले भन्नुभयो–‘सामाजिक उत्तरदायित्व बहन गर्दै मानव बेचबिखन न्यूनिकरणकालागि नीजि क्षेत्रबाट जे गर्न सकिन्छ, त्यो गर्ने हो ।’
उक्त परियोजनाले नीजि क्षेत्रलाई मानव बेचबिखन रोखकथाम, पिडितको संरक्षण र अभियोजनकालागि सहयोगि भूमिका निर्वाह गर्न आग्रह गरेको छ । जस्तै मानव बेचबिखन बिरुद्ध पैरवी गर्ने, पिडितको पुनस्थापनाकालागि रोजगारी सिर्जना गर्ने र आफ्ना व्यबसायमा लैंगिक हिंसा हुन नदिने वातावरण बनाउन भन्ने नै रहेको राष्ट्रिय व्यबसायक पहलका सचिव सरोज पाण्डेले बताउनु भयो । ‘मानव बेचबिखन पुरानै समस्या हो ।’ उहाँले भन्नुभयो–‘समाजमा ठूला मान्छेले जे काम गर्छ त्यसको सबैले अनुशरण गर्छ, त्यसैकालागि पनि यो अभियान सञ्चालन गरिएको हो ।’
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष मानव बेचबिखन जघन्य अपराध भएको र त्यसका बिरुद्ध उद्योगि व्यबसायी पनि एक रहेकाले परियोजना सञ्चालनकालागि सहकार्य गर्न उद्योग बाणिज्य संघ तयार रहेको बताउनु भयो । त्यस्तै संघका उपाध्यक्ष हरिप्रसाद अर्यालले मानव बेचबिखन वेरोजगारी समस्यासंग जोडिएको बिषय भएकाले मुलुक भित्रै प्रयाप्त रोजगारी सिर्जना गर्न सक्ने हो भने त्यो समस्या स्वत समाधान हुने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता बिमला पोखरेलले मानव बेचबिखन र कानुनी व्यबस्था, दण्ड जरिवाना लगायतका बिषयमा प्रष्ट्याउनु भएको थियो ।

≪ Previous Post

सुरक्षा अभावले सत्यतथ्य समाचारहरु बाहिर आउन कठिन

Next Post ≫

बदलिदो सहकारीको नवौ साधारण सभा ,उत्पादन क्षेत्रमा लगानी बढाउन सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क