Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुरक्षा अभावले सत्यतथ्य समाचारहरु बाहिर आउन कठिन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुरक्षा अभावले सत्यतथ्य समाचारहरु बाहिर आउन कठिन

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०७६ · 0
सुरक्षा अभावले सत्यतथ्य समाचारहरु बाहिर आउन  कठिन
80
SHARES
ShareTweet

बुटवल,३० कार्तिक
सुरक्षाको अभावले सत्यतथ्य समाचारहरु बाहिर आउन नसकेको सरोकारवालाले बताएका छन् । सुरक्षाका कारण पत्रकारहरु अझै स्वतन्त्र हुन नसकेको उनिहरुको कथन छ ।
फ्रिडम फोरम र चांदनी नेपालले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहिनता विषयक कार्यक्रममा बोल्ने सहभागिले पत्रकारहरु अझै सुरक्षित हुन नसकेको बताएका हुन ।
पत्रकारहरुसंग जोडिएको सुरक्षाले सिङो समाज प्रभावित रहेकाले पत्रकारिता पेशा र पत्रकारहरुको सुरक्षा दिने दायित्व राज्यको भएको बताएका छन ।
देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि पत्रकार र पत्रकारिता पेशा अझै सुरक्षित बन्न नसकेको उनीहरुको भनाइ छ । पत्रकारहरुलाई हत्या गर्ने र बेपत्ता पार्ने अपारधीहरुको पहिचान हुंदापनि राज्यले कारबाही गर्न नसकेकाले पत्रकारहरु असुरक्षित हुनु परेको बताएका छन ।
राजनीतिमा भएको अपराधीकरणले पत्रकारहरु असुरक्षित रहेको र दण्डहिनतामा कमी आउन नसकेको उनीहरुले बताएका छन । सोही कार्यक्रममा बोल्दै प्रदेश पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अब पत्रकारहरुको भौतिक रुपले असुरक्षित हुन नपर्ने बताउनु भयो । नागरिकलाई अभिव्यक्ति स्वतनत्रता, पे्रस स्वतन्त्रता, पत्रकारहरु र पत्रकारहरुको पेशाप्रति सरकार जवाफदेही रहेको उहाँले बताउनु भयो ।
उहाँले समाचारका हरेक विषयमा सम्वेदनशील भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै सुरक्षाको विषयमा प्रदेश सरकार सचेत रहेको बताउनु भयो ।
मन्त्री केसीले पत्रकार पत्रकार बिचको द्वन्द्व पनि सुरक्षाको विषयमा खतरा बन्ने गरेको बताउनु भयो ।
पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झांले पत्रकारहरमाथि हुने सबै प्रकारका हिंसा रोक्न राज्य र राजनीतिक दललाई आग्रह गर्नु भयो ।
पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले नागरिकको अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरु सुरक्षित हुनु पर्ने बताए ।
पत्रकारहरु कानुनबाटै असुरक्षित रहेको बताउंदै पत्रकारहरुलाई सुरक्षा दिने गरी कानुन बनाउन सरकारसंग माग गर्नु भयोे । इलाका प्रहरी कार्यालय बुटवलका डिसपी भिमलाल भट्टराईले समाजमा मनोबैज्ञानिक त्रास बढेको बताउंदै समाचार लेखेकै भरमा पत्रकार असुरक्षिता भएको सूचना नआएको बताउनु भयो ।
कार्यक्रममा बार एशोसिएसन बुटवलका अध्यक्ष जोगलाल खत्री, पत्रकार महासंघ रपन्देहीका अध्यक्ष यानेन्द्र जीसी, पत्रकार बालकृष्ण चापागाई, माधव नेपाल, सुमन अधिकारी, विष्णु भुसाल, भवानी पाण्डे, मायां गौतम, अधिवक्ता महेन्द्र पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बोल्दै आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताहरुको सुरक्षामा तिनै तहकार सरकारलाई जवाफदेही बन्न आग्रह गरेका थिए ।

≪ Previous Post

२०७६ साल कार्तिक ३० गते शनिवारको राशिफल

Next Post ≫

मानव बेचबिखन बेरोजगारी समस्यासंग जोडिएको छ’:न्यूनिकरणकालागि मुलुक भित्रै प्रयाप्त रोजगारी सिर्जना हुनुपर्छ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क