Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारत जाने बसमा विचौलिया र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारत जाने बसमा विचौलिया र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०७६ · 0
भारत जाने बसमा विचौलिया र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज
110
SHARES
ShareTweet


दिल्लीको ३ र पंन्जावको १२ वजे भित्र बस छुटाउने निर्णय

बुटवल ८ कार्तिक
बुटवलवाट भारतका विभिन्न स्थानमा ट्राभल एण्ड टुर्स मार्फत संचालन गरिएका बसमा विचौलिया राख्ने काम र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको छ ।
बुटवलवाट भारतका विभिन्न स्थानका लागि जाने बसहरुका विचौलिया र कमिशनले यात्रुलाई सास्ती दिने गरेको जन गुनासो आएपछि उक्त कार्य शुक्रवार देखि पुर्ण रुपमा बन्देज गर्ने गरि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पहलमा यस क्षेत्रमा संचालित ट्राभल एण्ड टुर्सहरुको भेलाले उक्त निर्णय गरेको हो ।
भेलाले यात्रु खोज्ने नाममा ट्राभल एण्ड टुर्स व्यवसायीले राख्दै आएका गाईडलाई पनि शुक्रवार देखि नै हटाउने निर्णय गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
त्यसै गरि बुटवलवाट भारतको दिल्ली जाने बस दिउसो ३ वजे भित्र र पंन्जाव जाने बस दिउसो १२ वजे भित्र अनिवार्य रुपमा छुटाउने निर्णय पनि गरिएको छ ।
विगतका दिनमा जथा भावि बस पार्किङ गर्ने यात्रु ओराल्ने गरेकाले अवका दिनमा यात्रु लिएर आएका बसहरु ग्राहकको सुविधा र ट्राफिक व्यवस्थापनमा समस्या नआउने गरि सार्वजनिक स्थानमा ओराल्ने निर्णय भेलाले गरेको संघका महासचिव माधव कुमार खनालले बताउनु भयो ।
भेलाले गरेका निर्णय कार्यान्वयन भए नभएको अनुगमनका लागि ६ सदस्यीय समिति समेत चयन गरिएको छ । समितिमा होटल व्यवसायीको तर्फवाट विष्णु बहादुर अधिकारी, थम्मन भण्डारी र रामु न्यौपाने तथा ट्राभल एण्ड टुर्सका तर्फवाट बाबुराम आचार्य, राम कुमार श्रेष्ठ र रमेश खरेललाई जिम्मेवारी दिईएको संघका प्रथम उपाध्यक्ष बावुराम गौतमले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमाद्धारा दुग्ध उत्पादक किसानलाई ३८ लाख ८५ हजार अनुदान रकम हस्तान्त्ररण

Next Post ≫

कल्याणकारी वहुउद्देश्य सहकारीद्धारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क