Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेलाका कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेलाका कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
औद्योगिक व्यापार मेलाका कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन
80
SHARES
ShareTweet


बुटवल, २७ कात्तिक

बुटवल उद्योग बाणिज्य संघले संञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला २०७६’ कालागि कार्यसम्पादन समिति तथा उपसमितिहरु चयन भएका छन् । संघको हालै बसेको कार्यसमिति बैठकले विषयगत कार्यसम्पादनका लागि उपसमितिहरु गठन गरेको हो ।
मेला गर्नकालागि संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा कार्यसम्पादन समिति यस अंगाडी नै गठन भएको थियो । बैठकले निवर्तमान अध्यक्ष महेशमान सिंहको संयोजकत्वमा मुल्यांकन व्यबस्थापन उपसमिति तथा वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुलाई कार्यसम्पादन समितिको सहसंयोजक तथा समन्वय तथा अनुगमनको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैगरी उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठलाई कार्यसम्पादन समितिको उपसंयोजक एवं बैदेशिक स्टल सहभागिता, कृषि तथा स्थानीय निकाय संघसंस्था समन्वय समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याललाई कार्यसम्पादन समितिको उपसंयोजक तथा गुणस्तरीय एवं नविनतम स्टल सहभागिता, पर्यटन तथा सरकारी, गैरसरकारी सुरक्षा निकाय समन्वय समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।
महासचिव दिनेशप्रसाद श्रेष्ठलाई मेला प्रवद्र्धन एवं सचिवालय उपसमिति, कोषाध्यक्ष बिमलराज भट्टराईलाई आर्थिक व्यबस्थापन उसमिति र सचिव कमलप्रसाद पौडेललाई सौजन्य तथा समारोह व्यबस्थापन उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैगरी बैठकले महिला उद्यमी प्रवद्र्धन उपसमितिमा मिना प्रधान, कृषि प्रवद्र्धन उपसमितिमा मञ्जु भुसाल, तालिम तथा गोष्ठि, अन्तरक्रिया व्यबस्थापन एवं पर्यटन प्रवद्र्धन उपसमितिमा सञ्जय कलवार जयशवाल, औद्योगिक क्षेत्र तथा उद्योग प्रतिष्ठान समन्वय उपसमितिमा गोपाल टण्डन र स्वागत द्वार तथा मञ्च व्यबस्थापन उपसमितिको संयोजकमा प्रतिक पोखरेलाई जिम्मेवारी प्रदान गरेको हो ।
संघले सञ्चालन गर्ने मेलामा सुरक्षा व्यबस्थापन उपसमितिमा बाबुराम बिक, सूचना प्रविधि, आन्तरिक सञ्चार तथा प्राथमिक उपचार उपसमितिमा भेषराज गैरे, विद्युत व्यबस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र जनचेतना ¥याली तथा श्रव्य दृष्य एवं पार्किङ व्यबस्थापन उपसमितिमा करुण खनालाई संयोजकको जिम्मेवारी दिइएको हो । त्यस्तै प्रचारप्रसार व्यबस्थापन उपसमितिमा मुक्ति अधिकारी, उपहार तथा प्रमाणपत्र एवं स्वागत सत्कार व्यबस्थापन उपसमितिमा धनकुमारी खनाल र खाना आवास व्यबस्थापन उपसमितिमा शुक्रप्रसाद बस्याललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
लोकसांस्कृतिक कार्यक्रम तथा साउण्ड सिष्टम व्यबस्थापन उपसमितिमा टंकप्रसाद गैरे, आधुनिक तथा विविध सांस्कृतिक कार्यक्रम व्यबस्थापन उपसमितिमा मनोज ध्वजु, टिकट व्यबस्थापन उपसमितिमा नरिश्वर शर्मा पौडेल र सौजन्य व्यबस्थापन उपसमितिको संयोजकमा बसन्तप्रसाद ढकाललाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै परिचय पत्र व्यबस्थापन उपसमितिमा नविन श्रेष्ठ, खानेपानी तथा सरसफाई व्यबस्थापन उपसमितिमा सुरज भट्टराई र सचिवालय व्यबस्थापन उपसमितिको संयोजकमा निर्मित कसजुलाई जिम्मेवारी प्रदान गरिएको हो ।
बैठकले पूर्वअध्यक्षहरु महेशकुमार राजभण्डारी, हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजु, अर्जुनमान सैंजु, कुशप्रसाद मल्ली, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ र सुरेन्द्रप्रसाद श्रेष्ष्ठलाई विषयगत उपसमितिमा सल्लाहकार चयन गरिएको छ । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्दै आएको २० औं संस्करणको औद्योगिक व्यापार मेला यो वर्ष बुटवल उपमहानगरपालिका देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फ आगामी पुसको ९ गतेदेखि २३ गतेसम्म हुँदैछ ।

≪ Previous Post

नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई

Next Post ≫

भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क