Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई
100
SHARES
ShareTweet


बुटवल, २७ कात्तिक । परराष्ट्रविद पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । उहाँले अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार रहेको र संयुक्त बैठकबाट पनि सबै राजनीतिक दलहरु उहाँकै पछाडी देखिएकाले पनि सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले देशमा संयन्त्रहरुलाई सक्रिय बनाउनु पर्ने र दुईदेशबिच बिश्वासको वातावरण बनाउनु पर्ने बताउँदै उहाँले एक अर्कालाई सम्मानको वातावरण बन्ने र समानताको भावना बिकास हुने हो भने सिमा बिवाद सजिलै समाधान हुने बताउनु भयो । ‘भूगोल र ईतिहास नबुझिकन अंगाडी बढ्न सकिँदैन ।’ उहाँले भन्नुभयो–‘भारतसंग सिमा विवाद मात्रै नभएर राष्ट्रिय जीवनसंग जोडिएको सम्बन्ध पनि छ ।’
नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट उत्पन्न हुनेगरेको बताउँदै उहाँले भन्नुभयो–‘हाम्रा नेताको दोहोरो चरित्रका कारण हाम्रा नेतालाई भारतले गम्भिर रुपमा नै लिँदैन ।’ आफू सत्तामा रहँदासम्म ठिक र आफु सत्ताबाट बाहिरिएपछि बिदेशी प्रभुका रुपमा परिभाषित गर्ने प्रबृत्तिका कारण पनि वेलावेलामा खटपट उत्पन्न भईरहेको उहाँको भनाई थियो ।
रिपोटर्स क्लवले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रविद भट्टराईले नेपाल भारतबिचको सिमा विवाद पुरानै समस्या भएपनि मौषमी रुपमा आएको मात्रै बताउनु भयो । उहाँले नेपाल भारत बिच मात्रै नभएर उत्तरमा पनि समस्या रहेकाले सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने बताउँदै समस्याको दीर्घकालिन समाधानकालागि सरकारले आफ्ना सम्यन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै उच्च अदालत बुटवल बार एशोसियनका अध्यक्ष जोगबहादुर खत्रीले लिपुलेख, लिम्पियाधुरा मात्रै नभएर सिचिएका भूभाग फिर्ता गराउने एउटा अवसर पनि भएकाले यसलाई चुनौतीका रुपमा मात्रै नभएर अवसरकार रुपमा लिएर ती भूभाग फिर्ता गराउन सरकारले कुटनीतिक पहल कदमी उठाउनु पर्ने भनाई राख्नुभयो ।

≪ Previous Post

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध चयन

Next Post ≫

औद्योगिक व्यापार मेलाका कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क