Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध चयन
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध चयन

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0
रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध चयन
70
SHARES
ShareTweet

१६ सदस्यका लागि २५ जनाको उम्मेदवारी


बुटवल, २६ कार्तिक ।
रुपन्देही व्यापार संघको आगामी २८ गते हुन गइरहेको १० आंै अधिवेशन अन्तरगत नया नेतृत्वका लागि हुने निर्वाचनका लागि सोमवार उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । संघको कार्यालयमा भएको मनोनयन दर्तामा अध्यक्षसहित केही पदमा एकल उम्मेदवारी परेको जनाइएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा यमलाल लोहनी, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितिय उपाध्यक्षमा प्रकाश ढकाल, कोषाध्यक्षमा दीपक प्रसाद अधिकारी र सहकोषाध्यक्षमा ऋषिराम पाण्डेको एकल उम्मेदवारी परेको छ ।
त्यसैगरि सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज तथा शाखा सदस्यतर्फ सालझण्डीमा खिमानन्द पोखरेल, सेमलारमा पूर्णप्रसाद काफ्ले र फर्साटिकरमा रेशमलाल उपाध्यायको मात्र उम्मेदवारी परेको जनाइएको छ ।
यता महासचिवमा दयानिधि भण्डारी र केशव खनाल, सचिवमा नामदेव पाण्डे र कृष्ण प्रसाद अर्याल तथा सहसचिवमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डेको उम्मेदवारी परेको छ ।
संघको खुल्ला सदस्यतर्फ १६ स्थानका लागि २५ जनाको उम्मेदवारी दर्ता भएको छ । सदस्य पदमा बालकृष्ण वस्याल, मेघनाथ पौडेल, माधव प्रसाद ज्ञवाली, विनीत भट्टराई, रितेश ज्ञवाली, मनिमदिन मिया, गिता भण्डारी खनाल, लक्ष्मण ज्ञवाली, पिताम्बर अर्याल, विष्णु प्रसाद घिमिरे, अर्जुन प्रसाद भट्टराई, झविन्द्र अधिकारी, कमल नेपाल, ठाकुर प्रसाद आर्चाय, मिलन सुनार, शोभा कुमारी क्षेत्री(जोशी), गेहेन्द्रराज न्यौपाने, बाबुराम खनाल, वृन्दा भट्टराई(आर्चाय), मनहरि बस्याल, मनिराम खनाल, प्रकाशराज पौडेल, जिवलाल पौडेल, खगुलाल गिरी र भिमबहादुर पोखरेलले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ता फिर्ताका लागि कार्तिक २७ गते अपरान्ह ११ वजेसम्मको समय राखिएको छ ।

≪ Previous Post

दीपका विद्यार्थीहरुलाई किनमेल

Next Post ≫

नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क