बुटवल२७ कार्तिक
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अतिक्रमण गरेको नेपाललको जमिन फिर्ता ल्याउन आवश्यक अनुसार अन्तर्राष्ट्रिय मुद्वा बनाउन सकिने बताउनु भएको छ ।
भारतले नेपाली जमिन अतिक्रमण गर्ने कार्य नयां नभइ पुरानै भएको उल्लेख गर्दै हाम्रो जमिन कसैलाई पनि एकइन्च दिन नसकिने उहाँले बताउनु भयो ।
उहाँले लिम्पिया धुरादेखि लिपुलेक, कालापनिसम्मको भूभाग नेपालको भएको उल्लेख भारतीय पक्षबाट दर्जन बढी स्थानमा भएको अतिक्रमित जमिन फिर्ता गर्नुपर्ने धारणा राख्नु भयो ।
प्रगतीशील पत्रकार संघ, नेपाल रुपन्देहीले रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नो जमिन गुमाउंदै टुलुटुलु बसेर हेर्न नसकिने बताउनु भयो ।
अध्यक्ष केसीले आफ्नो भूमि जोगाउन सबै दल एक ठाउंमा उभिनुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय मुद्वा बनाएर भारतीय शासक वर्गको मुकाविला गर्नुपर्ने बताए ।
कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको जनाउँदै उहाँले सुस्तादेखि अन्य मिचिएका भूभाग पनि अब नेपालले फर्काउन पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले अहिल्यै वर्तमान सरकारको विकल्प खोज्न नसकिने बताउंदै म्याण्डेटअनुसार सरकारले काम गर्न भने नसकेको बताउनु भयो ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र सचिव डिआर बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
