Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने
110
SHARES
ShareTweet


बुटवल २७ र्कािर्तक
होटल व्यवसायी महासंघ नेपाल केन्द्रिय कमिटीकोे बुटवलमा बसेको बैठकले आउदो पुस ४ र ५ गते तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
महासंघको तेस्रो महाधिवेशन सम्पन्न गर्न होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित उच्च स्थितरीय संमितिले निर्णय गरि पठाएको समय र मितिलाई महासंघको केन्द्रिय बैठकले अनुमोदन गरेको सचिव विरमञ्ंजन वटालाले बताउनु भयोे ।
होटल व्यवसायी महासंघ नेपाल केन्द्रिय अध्यक्ष अमृत भुजेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई व्यवस्थित रुपमा संचालन गर्न विरमञ्ंजन वटालाको संयोजकत्वमा १३ सदस्यीय सचिवालय समिति चयन गरेको छ । महासंघको बुधवार बुटवलमा वसेको बैठकले चयन गरेको सचिवालय समितिको ततकाल बसेको बैठकले तेस्रो महाधिवेशन सुर्खेतमा गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशनमा सहभागिताका लागि हरेक दर्तावाल संस्थावाट ५ जना प्रतिनिधी र २ जना पर्यवेक्षक सहभागिता गराउन पाउने गरि निर्णय गरेको उच्च स्थितरीय संमितिका सचिव तथा महासंघका सल्लाहकार इमान्दु वरालले बताउनु भयो ।

त्यसैगरि प्रदेश समितिवाट पनि हरेक प्रदेशवाट ५ जना प्रतिनिधी छनौट गरि पठाउनु पर्ने निर्णय बैठकले गरेको छ । महासंघको ५३ सदस्यीय कार्य समितिको कार्यकाल ३ वर्षे हुने बिधानमा व्यवस्था रहेको छ ।
महाधिवेशनमा संस्थागत सहभागिताका लागि आउदो मंसिर ७ गते भित्र संस्था दर्ता गराई सक्नु पर्ने छ भने प्रतिनिधीहरुकोे मंसिर २० गते भित्र नामावली सचिवालयमा पठाई सक्नु पर्ने समेत बैठकले निर्णय गरेको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भुजेलले महाधिवेशनको मिति र स्थान तय गरिएको जानकारी गराउनु भयो ।

≪ Previous Post

भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर

Next Post ≫

बहुमुखी सहकारीले स्थापना दिवसमा अक्षयकोष स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क